विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
सारांश
- राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ बारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय छ।
- सांसदहरूले उठाएका अनुत्तरित प्रश्नहरूका कारण विधेयकलाई परिपक्व र व्यावहारिक बनाउन विज्ञहरूको राय लिने निष्कर्षमा समिति पुगेको हो।
- न्याय प्रणालीका लागि महत्त्वपूर्ण रहेको यो विधेयकलाई व्यापक छलफल गरी अघि बढाउने सभापति डा. ओजश्वी शेरचनले बताइन्।
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ।
विधेयकका बारेमा दफावार छलफलका क्रममा सांसदहरूले उठाएका धेरै प्रश्नहरू अनुत्तरित रहेकाले समिति यस्तो निष्कर्षमा पुगेको हो।
बैठकमा सांसदहरूले विधेयकलाई परिपक्व र व्यावहारिक बनाउन सम्बन्धित क्षेत्रका विज्ञहरूको राय लिनुपर्ने धारणा राखेका थिए। छलफलमा सहभागी शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पनि विज्ञहरूसँग पर्याप्त समय लिएर र व्यापक छलफल गरेर मात्रै यस विधेयकलाई अघि बढाउने स्पष्ट पारेका थिए।
विधेयकको गम्भीरता र आवश्यकतालाई जोड दिँदै समितिकी सभापति डा. ओजश्वी शेरचनले भनिन्, ‘यो विधेयक हाम्रो न्याय प्रणालीका लागि एकदमै महत्त्वपूर्ण छ। अब यहाँ धेरै प्रश्नहरू अनुत्तरित नै रहेका कारणले गर्दा आगामी बैठकमा विज्ञहरूलाई नै आमन्त्रण गरेर बैठक चलाउने छु।’
सभापति शेरचनले न्याय निरूपणको क्षेत्रलाई व्यवस्थित र भरपर्दो बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयक कोशेढुङ्गा साबित हुने भएकाले यसमाथिको छलफल व्यापक, त्रुटिरहित र पारदर्शी हुनुपर्ने तर्क समेत गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण