‘युक्रेनको सुरक्षा सुनिश्चित गर्न तयार छौँ: पुटिन
सारांश
- रुसी राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको बैठकमा युक्रेनको सुरक्षा सुनिश्चित गर्नुपर्ने बताए।
- पुटिनले ट्रम्पसँगको सम्झौताले युक्रेनमा शान्ति स्थापना गर्न सहयोग गर्ने आशा व्यक्त गरे।
- पुटिनले ट्रम्पलाई मस्कोमा अर्को भेटका लागि प्रस्ताव गरे, जसमा ट्रम्पले मिश्रित प्रतिक्रिया दिए।
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बैठकमा युक्रेनको सुरक्षा सुनिश्चित गर्नु आवश्यक भएको बताएका छन्।
पुटिनले भने, “म ट्रम्पसँग पूर्णतया सहमत छु। युक्रेनको सुरक्षा सुनिश्चित गर्न हामी तयार छौँ।”
ट्रम्पसँगको झन्डै तीन घण्टाको वार्ता पछि आयोजित पत्रकार सम्मेलनमा छोटो प्रतिक्रिया दिँदै पुटिनले यस्तो बताएका हुन् ।
उनले थपे, “म आशा गर्छु कि हामीले सँगै गरेको सम्झौता यस लक्ष्यतर्फ नजिक पुग्न सहयोग गर्नेछ र युक्रेनमा शान्ति स्थापना गर्न मार्ग तयार गर्नेछ।”
साथै रुसी राष्ट्रपति पुटिनले ट्रम्पसँगको अर्को भेट मस्कोमा गर्न प्रस्ताव गरेका छन्।
पुटिनले यो प्रस्ताव अङ्ग्रेजीमा राखेका थिए, जसमा ट्रम्पले मिश्रित प्रतिक्रिया दिएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “यो प्रस्ताव विवादास्पद हुन सक्छ, तर पूर्ण रूपमा अस्वीकार भने गर्न सक्दिनँ। यो सम्भव हुन सक्छ।”
उनले थपे, “यो रोचक प्रस्ताव हो, यसमा अलिक चुनौती आउला, तर म सम्भावना देख्छु।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण