मुम्बई र ठाणेकाे दहीहंडी महोत्सवमा २ जनाको मृत्यु, ११७ जना घाइते
आइतबार, ०१ भदौ २०८२, ११ : २८
सारांश
- मुम्बई र ठाणेमा दहीहंडी महोत्सवमा दुई जनाको मृत्यु भएको छ।
- दहीहंडीको डोरी बाँध्ने क्रममा लडेर बालगोविन्द पाठकको मृत्यु भयो।
- जगमोहन शिवकरण चौधरीको पनि दहीहंडी महोत्सवमा मृत्यु भएको हो।
नयाँदिल्ली । भारतको मुम्बई र ठाणे सहरमा दहीहंडी महोत्सवमा दुई जनाको मृत्यु भएको छ । यस घटनामा अरू ११७ जना घाइते भएको प्रेस ट्रस्ट अफ इन्डिया ‘पीटीआई’ले भनेको छ ।
बीबीसी मराठीका अनुसार शनिबार दहीहंडी महोत्सवमा बालगोविन्द पाठक र जगमोहन शिवकरण चौधरीको मृत्यु भएको हो । शताब्दी अस्पतालबाट प्राप्त जानकारीअनुसार, दहीहंडीको डोरी बाँध्ने क्रममा बालगोविन्द पाठक लडेर घाइते भएका थिए र उनलाई अस्पताल लगिएको थियो ।
त्यहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरे । याेसँगै दहीहंडी महोत्सवमा घाइते भएका जगमोहन शिवकरण चौधरीलाई पनि शताब्दी अस्पताल ल्याइएको थियो । डाक्टरहरूले अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइसकेको बताए ।
यस महोत्सवमा सेलिब्रेटीहरू सहित ठुलो सङ्ख्यामा मानिसहरूले भाग लिएको अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण