मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

अर्जेन्टिना कसरी पुग्नसक्छ दोस्रो चरण ?

मङ्गलबार, १२ असार २०७५, १४ : १२
मङ्गलबार, १२ असार २०७५

एजेन्सी । अर्जेन्टिना र नाइजेरियाबीच आज नेपाली समयअनुसार ११ बजेर ४५ मिनेटमा प्रतिस्पर्धा हुँदैछ । यही समयमा आइसल्यान्ड र क्रोएसिया पनि भिड्नेछन् । क्रोएसियाले दोस्रो चरणको यात्रा तय गरिसकेको छ । अहिलेसम्म कुनै गोल नखाई ५ गोल गरेको समुह विजेता बन्ने संभावना धेरै छ । बाँकी तीनवटै टोलीको दोस्रो चरणमा पुग्ने सम्भावना जिवित छ ।

–    दोस्रो स्थानमा पुग्न संघर्षत तीन टोलीमध्ये अंकगणितअनुसार नाइजेरिया बलियो छ । आइसल्यान्ड विरुद्धको खेल जित्दै उसले ३ अंक जोडेको छ । अर्जेन्टिना विरुद्धको खेलमा विजयी भएमा नाइजेरिया स्वतः विश्वकपमा छनोट हुनेछ । 

–     अन्तिम खेलमा विजयी भएमा नाइजेरिया समूह विजेता बन्नसक्ने संभावना पनि छ । तर त्यसका लागि क्रोएसिया आइसल्यान्डसँग पराजित भएको हुनुपर्छ । यस्तो अवस्थामा गोलअन्तरका आधारमा समूह विजेताको चयन हुनेछ । अहिलेसम्म नाइजेरियाको गोलअन्तर शुन्य रहेको र क्रोएसियाले कुनै खेलमा गोल नखाई ५ गोल गरेकाले यो सम्भावनालाई गौण रुपमा लिइएको छ ।

–    अर्जेन्टिना र नाइजेरिया बराबर भएमा अर्जेन्टिना स्वत बाहिरिनेछ । नाइजेरियाको यात्रा भने यही समयमा हुने क्रोएसिया र आइसल्यान्डबीचको खेलको नतिजाले तय गर्नेछ । 

–    क्रोएसिया र आइसल्यान्डबीचको खेलमा क्रोएसिया विजयी भएमा अर्जेन्टिनासँगको बराबरीले पनि नाइजेरिया दोस्रो चरण पुग्नेछ । 

–    क्रोएसिया विरुद्ध आइसल्यान्डले २– ० को जित निकालेमा र यता नाइजेरिया र अर्जेन्टिनाबीच गोलरहित बराबरी भएमा आइसल्यान्ड दोस्रो चरण पुग्नेछ । यस्तो अवस्थामा आइसल्यान्ड र नाइजेरियाको अंक र गोलअन्तर समान हुनेछ । तर धेरै गोल गरेको आधारमा आइसल्यान्ड दोस्रो चरण जानेछ । 

–     तर, क्रोएसियाविरुद्ध आइसल्यान्डले २–० को जित निकाल्दाको परिस्थितीमा पनि नाइजेरिया र अर्जेन्टिनाबीच १–१ गोलको बराबरी भएमा दुबै टोलीबीच अंक, गोलअन्तर र गरेको गोल पनि समान हुनेछ । यस्तो अवस्थामा हेड टु हेडबाट फैसला हुनेछ । हेड टु हेडमा नाइजेरिया अघि छ । त्यसैले नाइजेरिया नै दोस्रो चरण पुग्नेछ । 

अर्जेन्टिना अर्को चरण जान सक्ने अवस्था 

अर्जेन्टिनाले दोस्रो चरण पुग्नका लागि अन्तिम खेल जित्नैपर्छ । जति राम्रो गोलअन्तरले अन्तिम खेल जित्यो उसको संभावना त्यति नै बलियो हुनेछ । 

अर्जेन्टिनाले २–० ले खेल जितेर अर्को खेलमा आइसल्यान्ड १–० ले विजयी भयो भनेर अर्जेन्टिना दोस्रो चरण पुग्नेछ । अर्जेन्टिनाले कम्तिमा दुई गोलअन्तरको जित निकालेको खण्डमा अर्को खेलमा आइसल्यान्डले १–० ले विजयी भए पनि अर्जेन्टिना नै दोस्रो चरण पुग्नेछ । 

अर्जेन्टिनाले नाइजेरियाविरुद्ध जित निकालेको खण्डमा अर्को खेलमा क्रोएसिया र आइसल्यान्डबीच बराबरी भए वा आइसल्यान्ड पराजितमा भएमा अर्जेन्टिना दोस्रो चरण पुग्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप