स्वच्छ वातावरणले मात्र जीवन स्वस्थ हुन्छ : मुख्यमन्त्री कँडेल
सारांश
- मुख्यमन्त्री कँडेलले स्वस्थ जीवनका लागि वातावरण सफा राख्नुपर्ने बताए।
- उनले सरसफाइले सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताए, र सबैलाई कर्तव्य पूरा गर्न आग्रह गरे।
- मुख्यमन्त्रीले फोहरलाई मोहरमा बदल्ने सिर्जनशील कार्य गर्न उद्योगी व्यवसायीलाई अनुरोध गरे।
वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले स्वस्थ मानव जीवनका लागि वातावरण स्वच्छ राख्नुपर्ने बताए ।
यही भदौ ४ गतेको कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसको अवसर पारेर सुर्खेत उद्योग वाणिज्य सङ्घद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘बृहत् सरसफाइ कार्यक्रम’मा उनले वातावरणीय सरसफाइले सभ्य र समुन्नत समाज निर्माणमा सहयोग पुग्ने बताए । यसमा सबै सरोकारवालाले आफ्नो अधिकारका मात्र कुरा नगरी कर्तव्य एवं दायित्व पूरा गर्नुपर्नेमा उनले जोड दिए ।
“आफ्नो घर अगाडिको आँगन सफा राख्नुस्, बाहिरबाट आउने पाहुनालाई समेत यसले खुसी बनाउँछ”, उनले भने, “सरसफाइले स्वस्थ जीवन त हुन्छ नै, त्यसले सभ्य र सचेत नागरिकको पहिचान पनि दिन्छ र बाह्य पाहुनालाई पनि आकर्षण गर्छ ।” सकेसम्म फोहरलाई मोहरमा बदल्ने गरी सिर्जनशील कार्य गर्न उद्योगी एवं व्यापार व्यवसायीलाई अनुरोध गर्दै मुख्यमन्त्री कँडेलले प्रकृतिमैत्री क्रियाकलापबाट मानव स्वास्थ्य स्वस्थ र स्वच्छ राख्ने बताए ।
उनले भदौ ४ गतेको दिनलाई आजदेखि सरसफाइ, सचेतना तथा व्यवस्था ल्याउन योगदान पुर्याउने सपूतहरूको सम्मान र उनीहरूले देखेको सपना पूरा गर्ने कार्यक्रम तीन दिनसम्म उत्सवका रूपमा मनाउन प्रदेशवासीलाई अपिल गरे । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल, उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्षमा हर्षविक्रम खड्कालगायत सरोकारवालाको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवलपुरमा हावाहुरीको वितण्डा: विनयी त्रिवेणीमा २० भन्दा बढी घरको छाना उडायो
-
सर्लाहीमा प्रहरीमाथि आक्रमण : पूर्वप्रदेश सांसदलाई खोज्दै प्रहरी
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
-
प्रधानमन्त्रीको पत्र परराष्ट्रमन्त्रीले पढ्ने विपक्षीको प्रस्ताव रास्वपाले मानेन
-
मोबाइल फोन हेर्दा मोतीबिन्दु हुन्छ ?
-
पूर्वपत्नी जेसियासँगको डिभोर्सबारे अर्जुन रामपालको भावुक खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण