आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

रविलाई भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

बुधबार, ०४ भदौ २०८२, १६ : ५९
बुधबार, ०४ भदौ २०८२

सारांश

  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेसँग भेट्ने भएका छन्।
  • प्रचण्डले बुधबार साँझ ६ बजे ललितपुरस्थित नख्खु कारागारमा रविलाई भेट्नेछन्।
  • सहकारी ठगी आरोपमा भैरहवा जेलमा रहेका रवि केही दिनअघि नख्खु सारिएका थिए, स्वास्थ्यमा समस्या देखिएको छ।

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् । 

बुधबार साँझ ६ बजे रविलाई भेट्न प्रचण्ड ललितपुरस्थित नख्खु कारागार जान लागेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । 

सहकारी ठगी आरोपमा लामो समय भैरहवा जेलमा बसेका रविलाई केही दिनअघि नख्खु कारागार सारिएको थियो । अस्वस्थ रहेका उनलाई भिटामिन ‘डी’ कमी देखिएको रास्वपाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप