मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

विश्वकपको पहिलो गोलरहित बराबरी : फ्रान्स र डेनमार्क नकआउट चरणमा प्रवेश

मङ्गलबार, १२ असार २०७५, २१ : ३७
मङ्गलबार, १२ असार २०७५

एजेन्सी । फ्रान्स र डेनमार्क नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह सी अन्तरगतको अन्तिम खेलमा बराबरी खेल्दै दुवै टोली अन्तिम १६ मा प्रवेश गरेका हुन् ।

चालू विश्वकपमा गोलरहीत बराबरी भएको यो पहिलो खेल हो ।

बराबरीपछि फ्रान्स समुह विजेता बनेको छ भने डेनमार्क समूहको उपविजेता बनेको छ ।

यसअघि दुई टोली विश्वकपमा दुई पटक भिडेका थिए । सन् १९९८ मा फ्रान्सले डेनमार्कलाई हराएको थियो भने सन् २००२ मा डेनमार्क विजयी भएको थियो ।

अब फ्रान्सले समूह डीको उपविजेतासँग भिड्ने छ भने डेनमार्कको सामना समूह डीको विजेतासँग हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप