चाडपर्वहरूको संरक्षण, संवर्द्धन र निरन्तरतामा लागिरहनुपर्छ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा धेरै परिवर्तन आइसकेको भन्दै मान्छेले मिठो खान, राम्रो लगाउन चाडपर्व नै कुर्नु पर्ने अवस्थाको अन्त्य होस् भनेरै हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको बताएका छन् ।
शीतल निवासमा शुक्रबार आयोजित तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधान, ऐन र नियमावलीमा महिला सम्बन्धमा धेरै हक अधिकारको व्यवस्था भइसकेको र अब प्रभावकारी कार्यान्वयनमा हामीले ध्यान केन्द्रित गर्न जरुरी रहेको बताएका हुन् ।
राष्ट्रपति पौडेलले संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण, संवर्द्धन र निरन्तरतामा लागिरहनुपर्ने बताए ।
विगतका दिनमा असार श्रावणमा खेतीपातीमा व्यस्त रहने महिलाहरू भाद्र महिनामा पर्ने यस चाड आएपछि घरबाट बिदा लिएर माइती जाने र मिठो खाने तथा राम्रो लगाउने गरेर यो चाड मनाउने गरेको स्मरण गरे ।
उनले भने, ‘त्यस्तै, घरमा पाएका दुःख, कष्ट र बुहारतनका विषयमा गीतको माध्यमद्वारा आफ्नो वेदना पोख्दथे ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण