शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
साफ महिला यु–१७ च्याम्पियनसिप

भुटानमाथि नेपालको पुनरागमन जीत

शुक्रबार, ०६ भदौ २०८२, २० : ०८
शुक्रबार, ०६ भदौ २०८२

काठमाडौँ । साफ महिला यु–१७ च्याम्पियनसिपमा नेपालले भुटानविरुद्ध पुनरागमन जीत निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले भुटानमाथि २–१ को जीत निकालेको हो । 

नेपाल पहिलो हाफमा १–० ले पछि परेको थियो । तर,खेलको ५८ औँ मिनेटमा साहरा लिम्बूले नेपालका लागि बराबरी गोल फर्काइन् । ७७ औँ मिनेटमा साहराले नै नेपाललाई २–१ को अग्रता दिलाइन् ।

यो जीतसँगै नेपालले तीन अङ्क जोडेको छ । पहिलो खेलमा भारतसँग नेपाल ७–० ले पराजित भएको थियो ।भुटानको भने यो दोस्रो हार हो । भुटान पहिलो खेलमा बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप