काठमाडौँ र ललितपुरका तीन स्थानमा चोरी
सारांश
- काठमाडौं र ललितपुरका तीन स्थानमा चोरी भएको छ।
- बालाजुमा एक युवतीको कोठाबाट ४ लाख ७१ हजार बराबरको धनमाल चोरी भयो।
- ललितपुरमा बालकृष्ण गुरुङको घरबाट ३ लाख २६ हजार बराबरको धनमाल चोरी भयो।
काठमाडौं । काठमाडौँ र ललितपुरका तीन स्थानमा चोरी भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१६ बालाजु खरिबोट डेरा गरी बस्ने गोरखा घर भएकी २३ वर्षीया पुष्पा थापाको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ४ लाख ७१ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-२६ कपुरधारा पोख्रेली टोल डेरा गरी बस्ने गोरखा घर भएकी २७ वर्षीया लक्ष्मी गुरूङको कोठाबाट पनि सुनका सिक्री १ थान र नगद समेत गरी करिब १ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
यसैबीच ललितपुरको गोदावरी नगरपालिका-२ बस्ने बालकृष्ण गुरूङको घरबाट सुनका गरगहना र नगद समेत गरी करिब ३ लाख २६ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण