लंका प्रिमियर लिगमा तीन नेपाली खेलाडी अनुबन्ध
सारांश
- लंका प्रिमियर लिग (एलपीएल) को आगामी छैटौँ संस्करणका लागि नेपालका तीन खेलाडीहरू दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र कुशल भुर्तेल छनोट भएका छन्।
- सन् २०२६ मा हुने प्रतियोगिताका लागि एससी जाफना किंग्सले दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेलाई अनुबन्ध गरेको छ।
- कोलम्बो क्याप्सले कुशल भुर्तेललाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ।
काठमाडौँ । लंका प्रिमियर लिग (एलपीएल) को आगामी छैटौँ संस्करणका लागि नेपालका तीन प्रभावशाली खेलाडीहरू छनोट भएका छन्।
सन् २०२६ मा हुने प्रतियोगिताका लागि नेपालका दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र कुशल भुर्तेललाई विभिन्न फ्रेन्चाइज टोलीहरूले आ-आफ्नो टोलीमा अनुबन्ध गरेका हुन्।
प्रतियोगिताको सबैभन्दा सफलमध्येको एक फ्रेन्चाइज 'एससी जाफना किंग्स'ले नेपालका दुई स्टार खेलाडीहरूलाई आफ्नो टोलीमा भित्र्याएको छ। जाफनाले विष्फोटक अलराउन्डर दिपेन्द्र सिंह ऐरीलाई 'एसोसिएट स्टार'का रूपमा छनोट गरेको छ भने अनुभवी लेग स्पिनर सन्दीप लामिछानेलाई पनि टोलीमा समावेश गरेको छ।
ऐरीको बहुआयामिक खेल कौशल र लामिछानेको विश्वव्यापी फ्रेन्चाइज क्रिकेटको अनुभवले जाफनाको टोलीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको क्लबको भनाइ छ ।
त्यसैगरी, अर्को टोली 'कोलम्बो क्याप्स'ले नेपालका आक्रामक प्रारम्भिक ब्याटर कुशल भुर्तेललाई आफ्नो 'एसोसिएट स्टार'का रूपमा अनुबन्ध गरेको छ।
विश्व क्रिकेटमा नेपालको बढ्दो साख र नेपाली खेलाडीहरूको उत्कृष्ट प्रदर्शनका कारण एलपीएलमा यसपटक नेपालको बलियो उपस्थिति देखिएको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण