आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

संयुक्त क्रान्तिकारी संघ–संगठनहरूको भूमि ऐन र लिपुलेक सम्झौताको विरोध

शनिबार, ०७ भदौ २०८२, १६ : ०२
शनिबार, ०७ भदौ २०८२

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट चार संगठनले सरकारले संसदबाट पारित गरेको भूमि ऐन, भारत–चीनबीच भएको लिपुलेक सम्झौता र एमसीसी परियोजनाविरुद्ध संयुक्त विज्ञप्ति जारी गरेका छन्।

क्रान्तिकारी किसान महासङ्घ, क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, क्रान्तिकारी सुकुम्बासी सङ्घ नेपाल र क्रान्तिकारी दलित मुक्तिमोर्चाले मंगलबार काठमाडौंमा बसेको बैठकले भूमि ऐन किसान, भूमिहीन, दलित र सुकुम्बासीविरुद्धको षड्यन्त्र भएको आरोप लगाउँदै ऐन खारेज गर्न माग गरेका छन्।

यस्तै, भारत र चीनले नेपाललाई बेवास्ता गरी लिपुलेक नाका खोलेर व्यापार गर्ने निर्णयलाई नेपालको सार्वभौमिकतामाथि आक्रमण भनेका छन्। साथै, अमेरिकी एमसीसी परियोजना इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत नेपाललाई चीनविरुद्ध प्रयोग गर्ने उद्देश्य रहेको भन्दै त्यसको विरोधसमेत गरेका छन्।

536477858_641860611849359_2870935308589784816_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप