पूर्वअध्यक्षलाई अभिभावकीय भूमिका निर्वाह गर्न राप्रपाका असन्तुष्ट नेताहरूको आग्रह
सारांश
- राप्रपाका असन्तुष्ट नेताहरूले पार्टीभित्रको विवाद समाधानका लागि पूर्वअध्यक्षहरूलाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
- असन्तुष्ट समूहले विधान विपरीत एकल नेतृत्वको अभ्यास भइरहेको र यसले सङ्गठनमा सङ्कट निम्त्याएको आरोप लगाएका छन्।
- उनीहरूले अध्यक्ष लिङ्देनबाट विधानको उल्लङ्घन र मनलाग्दी कारबाही भएको भन्दै समस्या समाधानको माग गरेका छन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का असन्तुष्ट नेताहरूले पार्टीभित्रको विवाद समाधानका लागि पूर्वअध्यक्षहरूलाई सक्रिय भई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। उनीहरूले निष्पक्ष वातावरणमा महाधिवेशन सम्पन्न गर्न तत्काल पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
असन्तुष्ट समूहले हालै पार्टीका तीन पूर्वअध्यक्षहरू-लोकन्द्रबहादुर चन्द, पशुपतिशम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीसँग भेट गरी पार्टीभित्रको वर्तमान अवस्थाबारे जानकारी गराएका छन्। उनीहरूले विधान विपरीत एकल नेतृत्वको अभ्यास भइरहेको र यसले सङ्गठनमा सङ्कट निम्त्याएको आरोप लगाएका छन्।
विधान सामूहिक नेतृत्वमा आधारित रहेको तर अहिले अध्यक्ष राजेन्द्र लिङ्देनले पुरानो शैलीमा एकल नेतृत्व गर्दा पार्टीमा समस्या बढेको उनीहरुको आरोप छ।
बिहीबार असन्तुष्ट समूहका विक्रम पाण्डे, डा. धवलशम्सेर राणा, विक्रम थापा, मुकुन्दश्याम गिरी, कुन्ति शाही र सगुन सुन्दर लावतीलगायतका नेताहरूले बिहीबार राणा, शुक्रबार चन्द र शनिबार डा. लोहनीसँग भेटे गरेका छन् ।
भेटमा उनीहरूले लिङदेनबाट भएको विधानको शृङ्खलाबद्ध उल्लङ्घन, मन नपरेका पार्टी नेता तथा सदस्यहरूलाई विधान मिच्दै मनलागी कारबाहीबाट उत्पन्न समस्या समाधान गर्न र पार्टी हित संरक्षण गर्नमा असन्तुष्ट नेताहरूले पूर्वअध्यक्षहरुको अभिभावकीय भूमिका अनुरोध गरेका छन् ।
यसअघि बुधबार असन्तुष्ट समूहले अध्यक्ष लिङ्देनलाई लिखित ध्यानाकर्षण पत्र बुझाउँदै विधान उल्लङ्घन, मनलाग्दी कारबाही र निष्कासन फिर्ता लिन आग्रह गरेका थिए।
पूर्वअध्यक्षहरूसँगको भेटपछि नेता सगुन सुन्दर लावतीले सकारात्मक आश्वासन प्राप्त भएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण