मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सर्बियासँगको महत्वपूर्ण खेल अघि ब्राजिलका प्रशिक्षकले भने, ‘नेयमारमा मात्र निर्भर रहन सकिन्न’

बुधबार, १३ असार २०७५, १२ : ३०
बुधबार, १३ असार २०७५

एजेन्सी । ब्राजिलका प्रमुख प्रशिक्षक टिटेले विश्वकपमा आफ्नो टिम नेयमारमा मात्र निर्भर रहन नसक्ने बताएका छन् । समुह ई मा रहेको ब्राजिलको सर्वियाबिरुद्ध आज हुने खेल निर्णायक हुनेछ । 

विश्वका सबैभन्दा महङ्गो खेलाडी समेत रहेका नेयमार रसियामा आउनु अघि पैतालाको चोटसँग संघर्ष गरिरहेका थिए । उनी रसिया यस चोटबाट पूर्ण रपमा निको नभई आएको हुन् । चोटका बाबजुद उनले कोस्टारिका विरुद्धको खेलमा महत्वपूर्ण भूमिका निभाएका थिए ।

तर, उक्त खेलमा उनले मागेको पेनाल्टी रेफ्रीले दिएर पनि पछि भीएआर रिभ्युबाट उल्टिएको थियो । गोलरहित बराबरीको अवस्थामा अघि बढीरहेको खेलको अतिरिक्त समयमा फिलिप कोउटिन्होले गोल गरेर खेललाई ब्राजिलको पक्षमा बनाएका थिए । 

त्यसको केही मिनेटमै नेयमारले थप एक गोल गरेर ब्राजिलको जित सुनिश्चित गरे ।

“सफलताको कुरा गर्दा नेयमारमाथि अत्यधिक जिम्मेवारी रहेको छ । तर त्यो सहि कुरा होइन र म त्यो हुन दिन्न,” टिटेले खेल अघि हुने पत्रकार भेटमा भने ।

“हामी प्रत्यकको आ–आफ्नै जिम्मेवारी छ । हामीले सबै कुरा उनको काँधमा हाल्न सक्दैनौं, हामी सबै टिम मिलेर खेल्नेछौं ।”
“के उनी गर्न सक्छन् ? सक्छन् , परेको अवस्थामा ।”

टिटेले थप भने, “उनलाई पूर्ण रुपमा फिट हुनको लागि थप एक खेल आवश्यक पर्छ । त्यसपछि उनी शारिरिक र रणनैतिक दुबै रुपमा फर्ममा आउनेछन् । अहिले उनी आफ्नो सामान्य अवस्थामा खेल्न सकिरहेका छैनन् ।”

टिटेले कोस्टारिकासँगको जित पछिको नेयमारको रुवाईलाई लिएर ब्राजिलमा भइरहेको आलोचनाको पनि प्रतिरक्षा गरे । उनले ब्राजिल विश्वकपमा छनौट हुँदा आफै रोएको स्मरण गरे । साथै उनले त्यो पनि पहिलो पटक नभएको बताए ।

“म खुसी र सन्तिुष्ट हुँदा रुन्छु । त्यो हाम्रो भावानात्मक विशेषता हो । म अत्यन्त दबाबको अवस्थामा पनि खेल्न सकेकोमा गर्भ र आनन्दको भाव आउदाँ पनि रुन्छु,” उनले भने ।

ब्राजिल समूह चरणको आफ्नो अन्तिम खेल चार अङ्कका साथ खेल्दै छ । ब्राजिल रहेको समूहमै रहेको स्वीजरल्याण्डको पनि चार अङ्क छ । कोस्टारिका बाहिरी सकेको उक्त समूहमा रहेको सर्बियाको पनि तीन अङ्क छ । यी तीनैको माथि जाने सम्भावना कायम छ ।

“यो खेल निर्णायक हुनेछ । यो प्रतियोगितामा हाम्रो निरन्तरता यही खेलमा निर्भर रहेको छ,” टिटेले भने । उनले यस खेलमा पनि शुरुवाती ११ खेलाडीलाई नै अघि ल्याएका छन् । तर यस खेलमा डग्लस कोष्टा भने चोटका कारण खेल्नेछैनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप