सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
फोटो

सकियो एक महिना लामो गुँला पर्व, तस्बिरमा हेर्नुहोस्

आइतबार, ०८ भदौ २०८२, १० : २३
आइतबार, ०८ भदौ २०८२

सारांश

  • आजदेखि एक महिना लामो गुँला पर्व समापन भएको छ।
  • बौद्ध धर्मावलम्बीहरूले मनाउने यो पर्व नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाइन्छ।
  • यस पर्वमा नौ बाजा बजाउने र मठमन्दिरको परिक्रमा गर्ने चलन छ।

काठमाडौँ । एक महिना लामो गुँला पर्व आजदेखि सकिएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीहरूले धूमधामका साथ मनाउने यो पर्व नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गर्छ ।

 नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो । यसअर्थमा नेपाल संवत्को नवौँ महिनामा मनाइने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको संस्कृतिकर्मी बताउँछन् ।

यस पर्वको अवसरमा मुख्यगरी नौ बाजा बजाउने परम्परा छ । पर्वको अवसरमा नगरका बहाः, बही, चैत्यलगायत विभिन्न मठमन्दिरको परिक्रमा गर्ने प्रचलन छ ।

Gunla Parba_NPL (2)Gunla Parba_NPL (3)Gunla Parba_NPL (4)Gunla Parba_NPL (5)Gunla Parba_NPL (6)Gunla Parba_NPL (7)Gunla Parba_NPL (8)Gunla Parba_NPL (9)Gunla Parba_NPL (10)Gunla Parba_NPL (11)Gunla Parba_NPL (12)Gunla Parba_NPL (13)Gunla Parba_NPL (14)Gunla Parba_NPL (15)Gunla Parba_NPL (16)Gunla Parba_NPL (17)Gunla Parba_NPL (18)Gunla Parba_NPL (19)Gunla Parba_NPL (20)Gunla Parba_NPL (21)

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप