दुर्घटनामा घाइते सामाजिक अभियन्ता खत्रीको मृत्यु
आइतबार, ०८ भदौ २०८२, १२ : २१
सारांश
- तनहुँको शुक्लागण्डकी नगरपालिकाका सामाजिक अभियन्ता विष्णु खत्रीको मोटरसाइकल दुर्घटनामा निधन भएको छ।
- पृथ्वीराजमार्गअन्तर्गत जिपको ठक्करबाट घाइते खत्रीको काठमाडौंमा उपचारको क्रममा मृत्यु भयो।
- दुर्घटना बेलचौताराबाट दुलेगौडा आउँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट आएको जिपको ठक्करबाट भएको थियो।
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शान्तिनगरका सामाजिक अभियन्ता विष्णु खत्रीको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा घाइते खत्रीको उपचारका क्रममा काठमाडौँमा आज बिहान निधन भएको हो ।
पृथ्वीराजमार्ग अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बन्केवाचोकमा जिपको ठक्करबाट घाइते खत्रीको उपचारका क्रममा काठमाडौँस्थित शिक्षण अस्पतालमा निधन भएको हो ।
बेलचौताराबाट दुलेगौडा आउँदै गरेको ग९प ३९९२ नम्बरको मोटरसाइकलमा सवार खत्रीलाई विपरीत दिशाबाट आउँदै गरेको ग३च ३१९ नम्बरको जिपले ठक्कर दिएको थियो ।
घाइते खत्रीलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण