रुवी हत्या प्रकरण : हत्यामा संलग्न आशङ्कामा रिक्सा चालक पक्राउ
सारांश
- रौतहटको गौरमा सुटकेशभित्र मृत भेटिएकी रुवी शाह सुडीको हत्यामा संलग्न भएको आशंकामा एक जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा रिक्सा चालक रहेको र प्रहरीले उनको नाम गोप्य राखेको छ।
- अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, रिक्सा चालकको बयानको आधारमा हत्यारा पत्ता लगाइनेछ।
काठमाडौँ । रौतहटको गौर नागरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेशभित्र मृत भेटिएकी रुवी शाह सुडीको हत्यामा संलग्न आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने रिक्सा चालक हुन् । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । भदौ ७ मा राति गौर नगरपालिका–२ मा बस्दै आएकी २६ वर्षीया रुवी मृत भेटिएकी थिइन् ।
प्रहरी हत्याराको नजिक पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले रातोपाटीलाई बताए । उनले भने, ‘धेरैसँग सोधपुछ गर्ने काम भइरहेको छ, हामी हत्याराको नजिक पुगेका छौँ ।’
माधवनारायण नगरपालिका–६ माइती भएकी रुवीले भारतमा विवाह गरेकी थिइन् । उनको शव व्यवस्थापन गर्न रिक्सा प्रयोग भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
रिक्सा चालकको बयानको आधारमा हत्यारासम्म पुग्ने आकलन गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण