शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

रुवी हत्या प्रकरण : साँझ किनमेल गर्छु भनेर डेराबाट निस्केकी थिइन्

अन्यत्र हत्या गरेर सडकमा फालेको आशङ्का
आइतबार, ०८ भदौ २०८२, १९ : ३५
आइतबार, ०८ भदौ २०८२

सारांश

  • रौतहटको गौरमा एक महिला सुटकेशभित्र मृत फेला परेकी छिन्, उनी डेरा लिएर बस्दै आएकी थिइन्।
  • मृतक महिला भारतमा विवाह गरेकी थिइन् र उनी छोरा पढाउन गौरमा डेरा लिएर बसेकी थिइन्।
  • प्रहरीले हत्याको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको छ र उनको शव पोस्टमार्टमका लागि पठाइएको छ।

काठमाडौँ । रौतहटको गौर नागरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेशभित्र मृत अवस्थामा भेटिएकी रुवी साह सुडी डेरा लिएर गौरमा बस्दै आएकी थिइन् । गौर–२ स्थित महादेवपट्टिको डेरामा उनकी आमा र ४ वर्षीय छोरा सँगै बस्थे ।

भारतमा विवाह गरेकी रुवीले छोरा पढाउन भनेर महादेवपट्टिमा डेरा लिएकी हुन् । उनका श्रीमान भारतको मुजफ्फरपुरमा बस्छन् । डेरामा आमा पनि सँगै बस्थिन् । शनिवार साँझ ४ बजेतिर २६ वर्षीया रुवीले आफ्नी आमालाई भनिन्, ‘किनमेल गरेर आउँछु,’ आमाले भनिन्, ‘चाँडै आउनु ।’

तर, रुवी फर्किनन् । राति करिब साढे ८ बजेतिर डेराभन्दा करिब ३ किलोमिटर पर शङ्कास्पद अवस्थामा सुटकेश भेटिएको खबर आएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले रातोपाटीलाई बताए । उनले भने, ‘बिहान खोलेर हेर्दा रुवीको शव रहेछ ।’

उनको माइतीघर माधवनारायण नगरपालिका–६ मा पर्छ । अन्यत्र हत्या गरेर रुवीको शव गौर–सिरसिया सडक खण्डमा ल्याएर फ्याँकेको मधेस प्रदेशका डीआईजी उमा चतुर्वेदीले बताए । उनले भने, ‘अन्यत्र हत्या गरेर त्यहाँ ल्याएर शव ड्रप गरेको हाम्रो ठम्याई छ ।’

प्रहरीले रुवीको को–कोसँग रिसिइवी थियो भन्नेबारे अनुसन्धान गरिरहेको छ । डीआईजी चतुर्वेदी भन्छन्, ‘हत्याको कारण र सम्भावना बारे हामी अनुसन्धान गरिरहेका छौँ ।’

उनको कुहिनो र घुँडा जोडेर सुटकेशमा प्याक गरिएको थियो । उनको नाकबाट रगत बगेको भएपनि शरीरमा अन्यत्र कुनै चोटपटक देखिएको छैन । शव जिल्ला अस्पतालमा पोष्टमार्टम गरिँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप