पत्रकारको भौतिक र सामाजिक सुरक्षाको अवस्था सन्तोषजनक छैन : समाजवादी प्रेस सङ्गठन
सारांश
- समाजवादी प्रेस सङ्गठनले पत्रकारको सुरक्षा अवस्था सन्तोषजनक नरहेको जनाएको छ।
- पत्रकारले समाचार सङ्कलनका क्रममा ज्यान गुमाउनुपर्ने अवस्था अझै विद्यमान रहेको बताइएको छ।
- सङ्गठनले प्रेस स्वतन्त्रताको रक्षाका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएको छ।
काठमाडौँ । समाजवादी प्रेस सङ्गठनले पत्रकारको भौतिक र सामाजिक सुरक्षाको अवस्था सन्तोषजनक नरहेको बताएको छ । सङ्गठन स्थापना दिवसको अवसरमा महासचिव रोहित दाहालद्वारा जारी शुभकामना सन्देशमा समाचार सङ्कलनकै क्रममा पत्रकारले ज्यान गुमाउनुपर्ने विडम्बनापूर्ण अवस्था आजको दिनसम्म पनि विद्यमान रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ– 'हाम्रो गौरवशाली सङ्गठन स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि नेपाली प्रेस जगतले निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महवपूर्ण भूमिका निर्वाह गरेको अवगतै छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ हो । प्रेस स्वतन्त्रता प्रेस जगतको मात्रै नभएर आम नागरिकको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयनको औजार पनि हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संविधानमा सुनिश्चित भए पनि व्यवहारमा त्यसको अनुभूति अझै हुन सकेको छैन ।'
सन्देशमा थप भनिएको छ– 'लोकतान्त्रिक व्यवस्थामा पनि समाचारकै कारण धम्की खेप्नुपर्ने, आक्रमण ब्यहोर्नुपर्ने र ज्यानै गुमाउनुपर्ने अवस्थामा हामी स्थापना दिवस मनाउन गइरहेका छौँ । प्रेस जगतले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन निरन्तर खबरदारी गर्दै आएका कारण राज्यले वक्र दृष्टिले हेर्दै आएको छ । कानुनी रूपमै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउन राज्यले पटक पटक प्रयास गरिरहेको छ। पत्रकारको सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र पेशागत मर्यादा जोगाउन हाम्रो सङ्गठन निरन्तर क्रियाशील छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न आज पनि एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता छ । '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण