शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अर्जेन्टिनाले दोश्रो गोलपछि समर्थकहरुलाई म्यारोडोनाको अश्लिल संकेत

बुधबार, १३ असार २०७५, १७ : २६
बुधबार, १३ असार २०७५

एजेन्सी । मंगलबार नाइजेरिया विरुद्धको खेलमा अर्जेन्टिनाका डिफेन्डर मार्कोस रोहोले अन्तिम समयतिर गरेको गोलनै खेलको निर्णायक हुने जस्तो पक्का थियो । यसले रङ्गशालामा उपस्थित अर्जेन्टिनी समर्थकमा उत्साहको लहरनै ल्यायो । 

रङ्गशालाबाटै अर्जेन्टिनी लिजेन्ड म्यारेडोनाले यो खेल हेरिरहेका थिए । तर उनी आफ्नो देशको यो सफलतामा खुसी नहुने कुरै भएन । तर, उत्साहको क्रममा म्यारोडोनाले करोडौंले हेरिरहेको लाइभ कार्यक्रममै अश्लिल संकेत गरेपछि आलोचनाको पात्र भएका छन् । रङ्गशालको माथिल्लो लहरमा बसेका म्यारोडोनाले आफू तल रहेका समर्थकतर्फ फर्किएर माझी औँला देखाएका हुन् ।

प्रत्यक्ष प्रशारणमा रोहोले गोल गरेपछि रङ्गशालामा रमाइरहेका अर्जेन्टिनी समर्थकहरुलाई देखाइयो । त्यसपछि प्रत्यक्ष प्रशारणले म्यारोडोनाको प्रतिक्रिया देखाउन थाल्यो । रोहोको गोलमा अत्यन्त उत्साही रहेको म्यारोडानाले त्यसपछि तल बसिरहेका दर्शकहरु तर्फ फर्किएर दुबै हातको माझी आँैला देखाए ।

उनको अश्लिल संकेत देखाएपछि लाइभ प्रशारणमा म्यारोडोनाको दृश्य तत्काल रोकेर अन्य फुटेज देखाइएको थियो । 

खेल पछि ढलेका म्यारोडोना स्थानीय हस्पिटल भर्ना

रिपोर्ट अनुसार खेल सकिएपछि म्यारोडाना ढलेका थिए । इएसपिएनका अनुसार कमजोर भएका म्यारोडोनालाई सेण्ट पिटर्सवर्गको रङ्गशालाको सिटबाट प्यारामेडिकको सहयोगमा बाहिर लगिएको थियो ।
अर्जेन्टिनी पत्रिका क्रोनिकाका अनुसार ५७ वर्षे म्यारोडोनालाई लगतै एक स्थानीय हस्पिटलमा भर्ना गरिएको थियो ।

म्यारोडोना विश्वकप शुरु हुनु अघि पनि घुडाको चोटका कारण हस्पीटल भर्ना गरिएका थिए ।

म्याराडोना आफ्नो नीजि विमानमा बुधबार मस्को आएका थिए ।

म्यारोडोनाको माझी औलाको संकेतबारे प्रतिक्रियाहरु

म्यारोडोनाको माझी औला देखाउने लाई विभिन्न खेल जानकारहरुले आलोचना गरका छन् । बेलायतका पूर्व फुटबलर तथा बीबीसी प्रस्तोता ग्यारी लिनेकरले भने, “उनले उक्त कार्य गरेर आफैलाई गिराए । उनी खुसी भएको बुझ्न सकिन्छ तर त्यस्तो प्रतिक्रिया ... ओहो म्यारेडोना के गरेको त्यस्तो ?” यस्तो कार्यले म्यारोडाना हाँसोको पात्रमा बदलिने लिनेकरले बताए ।

बीबीसी खेल प्रस्तोता ड्यान वाल्करले ट्विट गर्दै यो कार्यको आलोचना गर्दै म्यारोडानाको चरित्रमै प्रश्न हुने खालको धारणा व्यक्त गरे “त्यही कारणले जति राम्रो फुटबलर भए पनि म्यारोडोनालाई हामी टीभी कार्यक्रममा बोलाउँदैनौ ।”

रसियामा म्यारोडोनाले देखाएको उन्मादी उत्साहबारे आएको यो पहिलो खबर भने होइन ।

आइसल्याण्ड र अर्जेन्टिनाको खेलमा उनले अर्जेन्टिनाको समर्थन गरिरहेका कोरियाली समर्थकहरुलाई नश्लवादी संकेत गरेपछि आलोचना भएको थियो ।

आईटीभीका प्रस्तोता ज्यक्वी ओटलेका अनुसार अर्जेन्टिना र आइसल्याण्डबीच १–१ को नतिजामा सकिएको उक्त खेलमा म्यारोडोनालाई उनको नजिकै रहेका कोरियाली समर्थकहरुले “डियागो” भनेर चिच्याएका थिए । त्यसको प्रतिक्रियामा म्यारोडाना उनीहरु तर्फ फर्केर मुस्कुराए, किस गरे र हात हल्लाए । त्यसपछि उनले कोरियालीहरुको जस्तो चिम्सा आँखा बनाए । ओटलेका अनुसार यो स्पष्ट रुपमा नश्लवादी कार्य हो ।

म्यारोडोनालाई विश्वकप इतिहासकै उत्कृष्ट खेलाडी मानिन्छ । उनले १९८६ को विश्वकपमा बेलायत विरुद्ध भएको फाइनल खेलमा हातले गरेको गोलको विशेष चर्चा हुने गर्छ । उक्त गोलले अर्जेन्टिनालाई विश्वकप ट्रफी जिताएको थियो ।

म्यारोडोनाले समग्रमा चार विश्वकप खेले ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप