सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

बुधबार, ११ भदौ २०८२, ०६ : १७
बुधबार, ११ भदौ २०८२

सारांश

  • आजको राशिफल अनुसार मेष राशिका व्यक्तिहरुको औद्योगिक क्षेत्र र सेयर बजारमा लगानी गर्दा आम्दानी हुनेछ।
  • कर्कट राशिका व्यक्तिहरुले शुभ तथा मांगलिक समारोहमा सहभागी भई स्वादिष्ट भोजनको अवसर पाउनेछन्, साथै छोटो दुरीको यात्राको योग रहेको छ।
  • कुम्भ राशिका व्यक्तिहरुले महत्त्वाकांक्षी योजनाहरू पुरा गर्न संघर्ष गर्नुपर्नेछ, माया प्रेममा धोका तथा विश्वासघात हुने सम्भावना छ।

वि.सं.२०८२ साल भाद्र ११ गते । बुधबार । ईश्वी सन् २०२५ अगष्ट २७ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र शुक्लपक्ष । तिथि–चतुर्थी, २१ घडी ८ पला, दिउसो २ बजेर ८ मिनेट उप्रान्त पञ्चमी ।

नक्षत्र–हस्त, ० घडी ४५ पला, बिहान ५ बजेर ५८ मिनेट उप्रान्त चित्रा । योग–शुभ, १९ घडी ४३ पला, दिउसो १ बजेर ३४ मिनेट उप्रान्त शुक्ल । करण–भद्रा, दिउसो २ बजेर ८ मिनेट उप्रान्त बव, रातको २ बजेर ५९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–कन्या, बेलुकी ७ बजेर ४ मिनेट उप्रान्त तुला । गणेश चतुर्थी व्रत।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २८ मिनेट । दिनमान ३२ घडी ० पला ।  

आजको बार बेला  
बिहान ५ बजेर ४० मिनेटसम्म लाभ बेला ।
बिहान ५ बजेर ४१ मिनेटदेखि बिहान ७ बजेर १६ मिनेटसम्म अमृत बेला ।
बिहान ७ बजेर १७ मिनेटदेखि बिहान ८ बजेर ५२ मिनेटसम्म काल बेला ।
बिहान ८ बजेर ५३ मिनेटदेखि बिहान १० बजेर २८ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर २९ मिनेटदेखि बिहान १२ बजेर ४ मिनेटसम्म रोग बेला ।
मध्यान्ह १२ बजेर ५ मिनेटदेखि दिउसो १ बजेर ४० मिनेटसम्म उद्वेग बेला ।
दिउसो १ बजेर ४१ मिनेटदेखि दिउसो ३ बजेर १६ मिनेटसम्म चर बेला ।
दिउसो ३ बजेर १७ मिनेटदेखि बेलुकी ४ बजेर ५२ मिनेटसम्म लाभ बेला ।
बेलुकी ४ बजेर ५३ मिनेटदेखि बेलुकी ७ बजेर ५२ मिनेटसम्म उद्वेग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
मध्यान्ह १२ बजेर ४ मिनेटदेखि दिउसो १ बजेर ४० मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहुर्त
बिहान ४ बजेर ४ मिनेटदेखि बिहान ४ बजेर ४२ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) औद्योगिक क्षेत्र तथा सेयर बजारको लगानीबाट आम्दानी हुने तथा पुराना कारोबारहरूलाई मिलाउन सकिनेछ । शत्रुले दुख दिन खोजे पनि अन्ततः उनीहरूलाई परास्त गर्दै अगाडी बढ्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । न्यायालयमा हुने सुनुवाइ तपाईँकै पक्षमा हुने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राम्रा काम गरी अरूको विश्वास जित्न सकिनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनार लगाउँदै विजय भइनेछ । खर्च बढे पनि राम्रा काम गर्दै अगाडी बढ्न सकिनेछ । स्वास्थ्य सामाग्री, निर्माण सामाग्री तथा वित्तीय क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । आफन्त तथा आमाको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइ तथा खोजमूलक काममा आन्तरिक यात्रा हुनेछ । माया गर्ने मान्छे पाइने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्तबुझ्दो काम गरी नाम कमाउन सकिनेछ । सेयर बजारमा लगानी, कृषि तथा पशुपालन पेसा व्यवसाय गर्नेहरूका लागी समयले साथ दिनेछ । राजनीतिकर्मीका लागी आजको दिन उत्तम रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शुभ तथा माङ्गलिक समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरीको परिणाममुखी यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरूले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग, शेयर बजार तथा व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेममाको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । छोटो दुरीको यात्रा तय हुनेछ ।  

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पहिले गरेका कामबाट मनग्गे आम्दानी हुनेछ । समयमा स्रोत साधन तथा भौतिक सम्पत्ति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । विद्या तथा प्रतिस्पर्धीहरू हार खानेछन् भने तपाईँको कुरा काट्नेहरू प्रशंसा गर्दै हिँड्नेछन् । परिवारका साथ रमाइलो वातावरण तथा हासखेलमा समय बित्नेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आर्थिक पक्ष बलियो रहनेछ भने वित्तीय क्षेत्रमा लगानीका अवसरहरू प्राप्त हुनेछन् । बिद्यार्थिहरुका लागि आजको समय उत्तम रहेकोले नतिजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा परिवारका साथ रमाइलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रणय सम्बन्धमा सुधारको सङ्केत देखिनेछ । दैनिक समस्याहरू सुल्झाउँदै बढ्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लामो दुरीको यात्राको तय हुनेछ भने विदेशबाट सञ्चालित संस्था, एनजिओ तथा आईएनजिओमा काम पाउने प्रबल सम्भावना रहेको छ । विदेशमा बसेर पेसा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरूका लागी दिन फलदायी रहनेछ । खर्च बढे पनि उपलब्धि मूलक कामहरू हुनेछन् । अग्रज आफन्त तथा साथीभाइका साथ रमाइलो गर्दै दिनलाई कटाउन सकिनेछ । मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्राकृतिक स्रोत साधनको प्रयोगले आम्दानीमा वृद्धि गर्न सकिनेछ । शेयर बजार, शिक्षा तथा चेतनामूलक कामहरूबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा बुवाबाट गाइडलाइन प्राप्त हुनाले उपलब्धिमूलक काम गर्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका इच्छा तथा आकाङ्क्षाहरू पुरा गर्न सकिने हुनाले मन खुसी रहनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पैतृक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा उच्च पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । लक्ष्य प्राप्तिको लागि चालिने पाइलाहरू सकारात्मक दिशामा अगाडी बढ्नेछन् । पढाइ लेखाइ अरूभन्दा एक कदम अगाडी नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो रहेकोले व्यापार, उद्योग तथा सेयर बजारबाट मनग्गे धन आर्जन हुनेछ । सानो प्रयत्नले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी  समयले साथ दिनेछ । पुराना मित्रसँग भेट हुने तथा मनोरञ्जन र खानपानमा समय व्यातित हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक कार्यमा सहभागी भई उच्च स्तरको प्रस्तुति दिन पाउन मन प्रसन्न हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) महत्त्वाकाङ्क्षी योजनाहरू पुरा गर्न सङ्घर्ष गर्नुपर्ने हुन सक्छ । आफन्त तथा घरपरिवारका सदस्यहरूसँग राय बाझिनेछ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । यात्रा गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला । तरपनि व्यापार वा औद्योगिक क्षेत्रमा आज गरिने लगानी भविष्यमा आम्दानीको गतिलो स्रोत बन्नेछ । पढाइ लेखाइमा नतिजा हात पार्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार भावमा गोचर गर्ने चन्द्रमाले व्यापार तथा सेयर बजारमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा राज्यको नजिक बसेर काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ  । माया प्रेममा सामीप्य बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिनेछ । कीर्तिमानी काम गरी नाम कमाउन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप