सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश

बुधबार, ११ भदौ २०८२, १३ : ३२
बुधबार, ११ भदौ २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ।
  • रवि लामिछानेले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न माग गर्दै निवेदन दिएका थिए।
  • यसअघि जिल्ला अदालतले 'माग बमोजिम नहुने' आदेश दिएपछि रवि उच्च अदालत पुगेका हुन्।

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ ।

बुधबार न्यायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

रविले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निवेदन दायर गरेका थिए । यसअघि उनले रुपन्देही जिल्ला अदालतमा सोही निवेदन दिएकोमा जिल्ला अदालतले ‘माग बमोजिम नहुने’ आदेश दिएको थियो ।

त्यसपछि रवि उच्च अदालत पुगेका हुन् । अब कैफियत प्रतिवेदन आएपछि मुद्दाको अर्को सुनुवाइ हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप