अपडेट
राष्ट्र बैंकले दसैँमा नयाँ नोट नदिने, सुकिला नोट कहिलेदेखि ?
आइतबार, १५ भदौ २०८२, ०८ : ४३
सारांश
- नेपाल राष्ट्र बैंकले यस वर्ष दसैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ।
- बैंकले सुकिला नोट साट्ने व्यवस्था मिलाउने भएको छ।
- सुकिला बैंकनोट भदौ २९ देखि असोज १० गतेसम्म साट्न सकिनेछ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसपटक पनि दसैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ । यद्यपि बैंकले सुकिला नोट साट्ने व्यवस्था मिलाउने भएको छ ।
राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्थित कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट लिन सकिने जनाएको हो ।
भदौ २९ देखि असोज १० गतेसम्म कार्यालय समयमा सुकिला नोट सहटी गर्न सकिने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण