मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

जर्मनीको विश्वकपबाट बहिरगमन : पोजेसन गेमको अन्त्य ?

बिहीबार, १४ असार २०७५, १३ : २९
बिहीबार, १४ असार २०७५

एजेन्सी । जर्मनी विश्वकपबाट बाहिरिएको छ । दुर्भाग्यवश यो हामी ब्युउभिन बाँकी कुनै दुश्वप्न होइन् । समूह चरणको तीनमध्य दुई खेल हारेको जर्मनी विश्वकपबाट बाहिरिएको हो । 

जोएचिम लो र उनको समूहले चार वर्ष अघि ब्राजिलमा विश्वकप उचालेको चार वर्षपछि भएको छ । चार वर्ष अघि मारियो गोट्जेले अतिरिक्त समयमा गरेको उत्कृष्ट गोलको सहयोगले ब्राजिलमा जर्मनीले विश्वकप उचालेको थियो । 

यो पटकको जर्मनीको असफलता पछाडि उठेका प्रश्नहरुमध्ये उसले हारेको मेक्सिको र दक्षिण कोरियासँगको खेलमा उसको खेल्ने शैली लगभग एउटै रह्यो ।

जर्मनीसँग रहेका समूह एफका सबै राष्ट्रहरुले अघिल्लो पटकको विश्व विजेतालाई थकाउनको लागि लगभग उस्तै रणनीति अपनाए । 

सबैले अत्यन्त कसिलो प्रतिरक्षात्मक संरचना बनाउने र आफूले अवसर पाउँदा काउन्टर अट्याक गर्ने रणनीति अपनाए । 

मेक्सिको र कोरियाले यस रणनीति निक्कै सफलतापूर्वक लागु गरे । समग्र खेलमा बलमाथि जर्मनीभन्दा निक्कै कम पोसेसन राखेका उनीहरुले जर्मनीलाई हराए । 

समग्रमा जमर्नीको बलमाथिको नियन्त्रण ६०% थियो । देश विशेषसँग भन्दा मेक्सिको विरुद्धको खेलमा ६१% , स्वीडेन विरुद्ध ७१% र दक्षिण कोरिया विरुद्ध ७०% बल नियन्त्रणमा राख्यो ।

स्पष्ट रुपमा समूह एफमा रहेको तीनै राष्ट्र जर्मनीलाई बल खेलाउन दिएर आफूहरु प्रतिरक्षामा बस्न खुसी रहेको देखिन्थ्यो । 

अत्यधिक समय बल आफ्नो कब्जामा राखेको जर्मन राष्ट्रिय टिमले प्रर्याप्त अवसर सिर्जना गर्न असफल भएको र बनाएको अवसरलाई पनि गोलमा परिवर्तन गर्न नसकेको देखियो ।

जर्मनीले तीन खेलमा टार्गेटमा हानेको २० प्रहार भनेको टिमो वेरनर, मार्को रिउस, थोमस मुलर, ओजिल र मारियो गोमेजजस्ता खेलाडी भएको टिमको लागि निक्कै कम हो ।

मेक्सिकोका खेलाडी हिरभिङ्ग लोजानोले जर्मनीविरुद्ध गरेको गोल र स्वीडेनका ओला तोइभेनेनले जर्मन टिमविरुद्ध गरेको गोलले यसको कमजोरी प्रष्ट देखाउँछ ।

जर्मनीलाई जति प्रतिरक्षा तोड्नका कठिन हँुदै गयो उसले धेरै खेलाडीहरुलाई फरवार्ड खेलायो यसले गर्दा उसको आफ्नै प्रतिरक्षामा निक्कै खाली ठाँउ बन्यो । लोजानो र ओला दुबैको गोलमा जम्मा दुई तीन पासमै जर्मनीको मिडफिल्ड र सेन्टरब्याकलाई पार भएको अवस्थाबाट पनि उसको यही कमजोरी देखिन्छ ।

बलमाथिको नियन्त्रणको केही अर्थ छैन 

जर्मनीको यो विश्वकपको प्रदर्शनबाट केही कुरा पाठ सकिन्छ भने त्यो भने आधुनिक खेल विशेष अन्तर्राष्ट्रिय स्तरको खेल बदलिरहेको छ भन्ने ज्ञान हो ।

स्पेनिस राष्ट्रिय टिमले तिनको विपक्षीले मुश्किलले बल छुन पाउने पोसेसन केन्द्रित खेल शैली –टिकी टाकाको सहायताले एक पछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगिताहरु (युरो २००८, विश्वकप २०१०) जितेको दिनहरु अब सकिएका छन् । 

आफ्नो सफलताको उचाईको समयमा स्पेनले आफ्ना विपक्षहरुलाई खेलको ९०% समय बलको पछाडी कुदाई रहन्थ्यो । यसले गर्दा तिनलाई प्रतिरक्षा गर्न नै कठिन हुन्थ्यो ।

जर्मनीले धेरै अर्थमा जुरगेन क्लोपले प्रशिक्षण सम्हालेपछि लिभरपुलले खेल्ने शैलीमा फुटबल खेल्छ । क्लोपले लिभरपुलको प्रशिषण सम्हालेपछि आफ्नो क्लबको लागि अत्यन्त दबाबात्मक, उच्च गतिको खेल रणनीति अगिंकार गरे । 

ठूला टिमसँग राम्रो देखिने यो शैलीमा खेल्दा लिभरपुल साना टिमसँग भने तिनको प्रतिरक्षात्मक लाइन् तोड्नलाईनै संघर्ष गर्ने गर्छ । यसले गर्दा उनीहरु बल पछाडीनै धेरै समय खेलिरहेका हुन्छन् । र, उनीहरुको पोजेसन निक्कै बढी देखिन्छ ।

तर तिनको पोसेसन बढी देखिदाँ पनि उनीहरु गोल भने गर्न सक्दैनन् । जर्मनीलाई पनि यो पटक त्यस्तै भयो ।

यो पटक जर्मनीमाथि पोसेसन कम भएर पनि विपक्षीहरुको जितले पनि पोसेसन आजको दिनमा कम महत्वपूर्ण भएको देखाएको छ ।

लिभरपुलले पछिल्लो सिजनको च्याम्पियन्स लिगमा आफ्नो पुरानो शैलीमा उलेख्य परिवर्तन गरेर फाइनलमा पुगेको अवस्थाले पनि यो कुरालाई पुष्टि गर्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप