शनिबारदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो
मङ्गलबार, १७ भदौ २०८२, १३ : ५१
सारांश
- शनिबारदेखि अवरुद्ध कर्णाली राजमार्ग सुचारु भएको छ।
- कालिकोटको गगने खोलामा गएको पहिरो पन्छाएपछि सडक खण्ड खुलेको हो।
- सडक अवरुद्ध हुँदा यात्रु र १३ करोड बराबरको स्याउका ट्रक प्रभावित भएका थिए।
सुर्खेत । शनिबारदेखि अवरुद्ध कर्णाली राजमार्ग सुचारु भएको छ।
राजमार्ग अन्तर्गत कालिकोटकाे गगने खोलामा गएको पहिराे हटाइएसँगै सडक खण्ड आजदेखि पूर्ण रूपमा सुचारु भएको हाे।
यस सडक खण्ड सुचारु भएसँगै यस क्षेत्रका सम्पूर्ण यात्रुहरूलाई आवागमन सुरु भइसकेकाे सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।
सडक अवरुद्ध हुँदा यात्रुहरूले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै नेपाली सेना समेत खटिएर पहिराे पन्छाएकाे थियाे।
गगने खाेला सँधै पहिराे गइरहने स्थान हाे । शनिबारदेखि सडक अवरुद्ध हुँदा १३ कराेड बराबरको स्याउका ट्रक बाटाेमा अलपत्र थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण