स्वास्थ्य सेवामा तीन तहको समन्वय आवश्यक : मन्त्री पौडेल
बिहीबार, १९ भदौ २०८२, १४ : ५९
सारांश
- स्वास्थ्य मन्त्री प्रदीप पौडेलले निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी बनाउन समन्वय आवश्यक रहेको बताए।
- उनले स्वास्थ्य सेवालाई स्वास्थ्य बीमा कार्यक्रममा समाहित गर्नुपर्ने आवश्यकता औंल्याए।
- मन्त्री पौडेलले तीनै तहका सरकारको समन्वयको कमी भएको र व्यवस्थित सेवा विस्तार गर्नुपर्नेमा जोड दिए।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारले प्रदान गर्ने निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी बनाउन तीन तहका सरकारबीच घनिष्ठ समन्वय आवश्यक रहेको बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले स्वास्थ्य सेवालाई एकीकृत ढङ्गबाट स्वास्थ्य बीमा कार्यक्रममा समाहित गर्नुपर्ने आवश्यकता औंल्याए। निःशुल्क स्वास्थ्य सेवा बीमामार्फत प्रवाह गर्न सकिने हो भने राज्यलाई आर्थिक रूपमा भार कम हुने उनको तर्क थियो।
मन्त्री पौडेलले तीनै तहका सरकारले आ–आफ्नो तरिकाले सेवा प्रदान गर्दा समन्वयको कमी देखिएको भन्दै, व्यवस्थित ढङ्गले सेवा विस्तार गर्नुपर्नेमा जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण