आईपीएल अब 'लक्जरी' गतिविधि, दर्शकले धेरै पैसा तिर्नुपर्ने
काठमाडौँ । अब क्रिकेट प्रशंसकले स्टेडियममा इन्डियन प्रिमियर लिग (आईपीएल) खेल हेर्न धेरै पैसा तिर्नुपर्ने भएको छ ।
किनभने भारत सरकारले जीएसटीको दर २८५ बाट बढाएर ४०५ पुर्याएको छ । जीएसटी काउन्सिलको ५६ औँ बैठकमा यस विषयमा निर्णय लिइएको थियो । अर्थमन्त्री निर्मला सीतारमणले सेप्टेम्बर ३ मा यसको जानकारी दिएकी थिइन् ।
नयाँ कर प्रणालीले आईपीएल हेर्नुलाई एक विलासी गतिविधि मानेको छ र यसलाई सूर्तीजन्य उत्पादन र क्यासिनोजस्ता सेवाहरूको श्रेणीमा राखेको छ । यद्यपि, सामान्य क्रिकेट खेलहरूमा भने अझै पनि १८५ जीएसटी नै लागु हुने भनिएको छ । यसको अर्थ यो परिवर्तन केवल प्रिमियम खेलकुद कार्यक्रमहरूका लागि हो ।
अर्कोतर्फ, १०० रुपैयाँ भारुसम्मको सिनेमा टिकटमा ५५ मात्र जीएसटी लाग्नेछ, जुन पहिले १२५ थियो । तर १०० रुपैयाँभन्दा बढीको टिकटमा भने पहिलेजस्तै १८५ जीएसटी लाग्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसैगरी होटल बुकिङ, सौन्दर्य र स्वास्थ्यसँग सम्बन्धित सेवाहरूमा जीएसटी घटाएर ५५ पुर्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्धन किन कालो देखिन्छ ?
-
पोखरामा २१औँ रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
-
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
-
रास्वपाका सांसद केपी खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि...
-
कसरी बाहिरिए समूहमा तेस्रो हुने चार टोली ?
-
रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण