शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको अफिसियल होटल पार्टनरमा मझेरी

शुक्रबार, २० भदौ २०८२, १६ : ०२
शुक्रबार, २० भदौ २०८२

सारांश

  • नेपाल खेलकुद पत्रकार मञ्च र मझेरी रिसोर्टबीच अवार्डको प्रायोजन सम्झौता भएको छ।
  • पल्सर स्पोर्टस् अवार्डको २२औँ संस्करण पोखरामा भदौ २९ गते हुने भएको छ।
  • सम्झौता अनुसार, मझेरी रिसोर्टले पाहुनाहरूको आवासको प्रबन्ध गर्नेछ।

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२ औँ संस्करणका लागि अफिसियल होटल पार्टनरमा मझेरी रिसोर्ट तथा स्पासँग प्रायोजन सम्झौता गरेको छ ।

पल्सर स्पोर्टस् अवार्ड यही भदौ २९ गते पर्यटनको राजधानी पोखरामा हुनेछ । काठमाडौँमा हुँदै आएको यस अवार्ड कार्यक्रम पहिलो पटक उपत्यका बाहिर हुन लागेको हो ।

त्यसैले अवार्ड कार्यक्रममा उपस्थित अतिथिहरूको आवासको प्रबन्ध गर्न पोखरा लेकसाइडमा रहेको मझेरीसँग सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र होटल मझेरी रिसोर्टका अध्यक्ष अर्जुन खनालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार अवार्डका दौरान मञ्चको सचिवालय होटल मझेरीमै रहनेछ । साथै अवार्डमा पोखरा बाहिरबाट उपस्थित हुने पाहुनाहरूको आवासीय प्रबन्ध मझेरी रिसोर्टले प्रदान गर्नेछ ।

मझेरीका अध्यक्ष अर्जुन खनालले नेपाली खेलकुदकै प्रतिष्ठित अवार्ड कार्यक्रमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप