कर्णाली प्रदेशमा ५७ जना लेखा कर्मचारीको सरुवा र पदस्थापन
सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले लेखा समूहका विभिन्न तहका ५७ जना कर्मचारीको सरुवा, पदस्थापन र कामकाजमा खटाएकाे छ ।
भदौ १६ गतेको मन्त्रीस्तरीय निर्णयानुसार भन्दै प्रदेशभित्रका विभिन्न कार्यालयहरूमा कार्यरत लेखा कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरिएको हो ।
सार्वजनिक गरिएको विवरणअनुसार, प्रमुख लेखा अधिकृतदेखि लेखा सहायकसम्मका कर्मचारीहरूलाई प्रदेशका विभिन्न मन्त्रालय, निर्देशनालय, आयोग, अस्पताल, प्रयोगशाला तथा जिल्लास्थित कार्यालयहरूमा पठाइएको छ ।
४ जना प्रमुख लेखा अधिकृतहरूको सरुवा र कामकाज गराइएको छ । जसमा, यमुना श्रेष्ठलाई शिक्षा विकास निर्देशनालयबाट पूर्वाधार विकास निर्देशनालयमा सरुवा गरिएको छ ।
बखत बहादुर शाहीलाई पूर्वाधार विकास निर्देशनालयबाट उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा कामकाज तोकिएको छ ।मिलन कुमार शर्मालाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट शिक्षा विकास निर्देशनालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै धनप्रसाद शर्मालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा सरुवा गरिएको छ ।
यस्तै प्रदेशभित्र करिब ४० जना लेखा अधिकृतहरूको सरुवा र पदस्थापन गरिएको छ । उनीहरूलाई प्रदेश लेखा नियन्त्रक कार्यालय, जनस्वास्थ्य प्रयोगशाला, आयुर्वेद अस्पताल, जनस्वास्थ्य सेवा कार्यालय, लोक सेवा आयोग, कृषि प्रयोगशाला, डिभिजन वन कार्यालय, खानेपानी सिँचाई तथा ऊर्जा विकास निर्देशनालय, पूर्वाधार विकास निर्देशनालय लगायतका निकायमा सरुवा गरिएको छ ।
केहीलाई प्रदेशभित्रकै कार्यालयमा थप जिम्मेवारी सहितको कामकाजमा खटाइएको पनि विवरणमा उल्लेख छ ।यसैगरी ८ जना वरिष्ठ लेखा सहायक र ४ जना लेखा सहायकहरूको पनि सरुवा, पदस्थापन र कामकाज गराइएको छ ।
उनीहरूलाई विभिन्न डिभिजन वन कार्यालय, सामाजिक विकास कार्यालय, प्रदेश लेखा इकाई कार्यालय, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लगायतका कार्यालयहरूमा पठाइएको छ ।
प्रदेश सरकार मातहतका विभिन्न कार्यालयहरूमा लेखा प्रशासनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण