सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आजपाले पोखरामा प्रदर्शन गर्दै
सारांश
- आजपाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध पोखरामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।
- भेलामा सहअध्यक्ष तिलक थापामगरले तेस्रो जनआन्दोलनको तयारीमा जुट्न आह्वान गर्दै सरकारको कदमको विरोध गरे।
- आजपाका नेताहरूले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई अलोकतान्त्रिक र संविधानको उल्लङ्घन भएको आरोप लगाए।
पोखरा । आम जनता पार्टी (आजपा)ले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आज पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ । पोखराको रानीपौवा स्थित तमु भवनमा शनिबार सम्पन्न आजपाको कास्की जिल्ला भेलाले आइतबार प्रदर्शन गर्ने निर्णय गरेको हो ।
भेलामा सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरले दलाल दलतन्त्रविरुद्धको तेस्रो जनआन्दोलनको तयारीमा जुटन आह्वान गरेका छन् । गणतन्त्रको नाममा मुलुकमा दलहरूको लुट, भ्रष्टाचार, कुशासन, अनियमितता बढ्दै गइरहेको बताउँदै उनले तेस्रो जनआन्दोलनको विकल्प नभएको बताए ।
थापाले सामाजिक सञ्जाललाई बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक, असंवैधानिक, अदूरदर्शी एवं आपत्तिजनक रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द गरेर संविधानले प्रदान गरेको अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको अधिकार, सङ्गठित हुने अधिकारको समेत उलङ्घन गरेको आजपा सहअध्यक्ष थापाले बताए ।
नेपाली कांग्रेस र नेकपा एमालेको अप्रजातान्त्रिक, अप्राकृतिक एवं अनैतिक गठबन्धनको सरकारको अलोकतान्त्रिक कार्यको जनस्तरबाटै विरोध हुन थालेको उनले बताए । यस्तै उनले रौतहटको मौलापुर नगरपालिकामा भइरहेको विकास मोडेल अनुसार पोखरालाई पनि विकासको कार्यमा अगाडी बढाउनुपर्ने आवश्यक रहेको बताए ।
आजपा गण्डकी प्रदेश कमिटीका अध्यक्ष भोजराज त्रिपाठीले फेवा तालको सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सरकारले कारबाही नगरी संरक्षण गरिरहेको आरोप समेत लगाए । भ्रष्टाचार, अनियमितता बढ्दै गइरहेको अहिलेको अवस्थामा चुप लागेर बस्न नसकिने उनले बताए ।
आजपा कास्की जिल्ला अध्यक्ष अर्जुन केसीको अध्यक्षतामा सम्पन्न सो भेलामा आम ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष हरि थापा, आजपा कास्की जिल्ला इन्चार्ज सन्तोष साह, आम महिला मोर्चा गण्डकी प्रदेशका इन्चार्ज सीता सुवेदी, गण्डकी प्रदेश अध्यक्ष पवित्रा मल्ल, आईटी आर्मी गण्डकी प्रदेश अध्यक्ष मोजेलाल यादव, आम जनजाती महासंघ गण्डकी प्रदेश अध्यक्ष खेम थापा, आजपा केन्द्रीय सदस्य सूर्य गुरुङ्ग, गण्डकी प्रदेश उपाध्यक्ष रामजी गुप्ता लगायतको विशेष सहभागी रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण