विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता
आइतबार, २२ भदौ २०८२, १३ : ३३
सारांश
- महोत्तरीको बर्दिबासबाट विद्यालय गएका १३ वर्षीय बालक चार दिनदेखि बेपत्ता छन्।
- कक्षा ६ मा अध्ययनरत बालक गौतम पासवान बिहीबार विद्यालय गएपछि घर फर्केका छैनन्।
- परिवारले बालकको खोजीका लागि प्रहरीमा निवेदन दिएको छ, र प्रहरीले खोजी कार्य सुरु गरेको छ।
जलेश्वर । महोत्तरीको बर्दिबासमा घरबाट विद्यालय पढ्न हिँडेका एक बालक विगत चार दिनदेखि बेपत्ता रहेका छन् ।
बर्दिबास नगरपालिका–१२ मा अवस्थित जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा पढ्दै गरेका स्थानीय १३ वर्षीय बालक गौतम पासवान गत बिहीबार घरबाट साइकलमा चढेर पढ्न विद्यालय गएकामा उनी अहिलेसम्म घर फर्केर नआएको निजका काका प्रमोद पासवानले बताए ।
गौतम बेपत्ता भएपछि परिवारजनले प्रहरी चौकी हात्तीलेटमा खोजीका लागि निवेदन दिएका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रकाश बमले पीडित परिवारले प्रहरी चौकीमा बालक खोजतलासका लागि दिएको निवेदनपश्चात् तुरुन्तै सक्रिय भएको प्रहरी टोलीले बालक गौतमको खोजतलास गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले सङ्घीयताको भावना र मर्म विपरीत कार्य गर्यो : मदनकुमारी साह
-
चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री
-
बागमती नदीमा सशस्त्र प्रहरीको जल उत्पन्न विपद् उद्धार अभ्यास सम्पन्न
-
उत्तर कोरिया प्रतिबन्धबारे लीको टिप्पणी
-
‘नेपालको विकास मोडेल नै देशलाई परनिर्भर बनाउने खालको छ’
-
संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण