बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने

बिहीबार, ०४ असार २०८३, १८ : ०५
बिहीबार, ०४ असार २०८३

सारांश

  • अब प्रहरीलाई पोसाक खरिद गर्नका लागि नगद दिइने भएको छ ।
  • यसअघि पोसाक खरिदका लागि एकीकृत टेन्डर प्रक्रिया अपनाइँदै आएको थियो ।
  • गृहमन्त्री सुधन गुरुङले टेन्डर प्रक्रियामा भ्रष्टाचार हुने देखिएकाले नगद दिने व्यवस्था गर्न लागिएको बताए ।

काठमाडौँ। प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने भएको छ । हालसम्म एकीकृत रूपमा पोसाक खरिदका लागि टेन्डर हुँदै आएकोमा अब नगद दिने व्यवस्था गर्न लागिएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिए। 

गृहमन्त्री गुरुङले बिहीबारको प्रतिनिधि सभा बैठकमा भने,‘प्रहरीको पोसाकको विषयमा टेन्डर हुने र यसमा धेरै भ्रष्टाचार हुने कुरा देखिएको छ । अब यसको सट्टा हामी नगद नै दिने तयारी गरिरहेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप