शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जेनजी आन्दोलनमा जलाइएको बानेश्वर प्रहरी वृत्त भवनको पुनर्निर्माणपछि हस्तान्तरण

शुक्रबार, ०५ असार २०८३, ११ : ४०
शुक्रबार, ०५ असार २०८३

सारांश

  • नयाँ बानेश्वरमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको बानेश्वर प्रहरी वृत्तको भवन पुनर्निर्माण सम्पन्न भएपछि प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
  • करिब १ करोड ५० लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रहरी महानिरीक्षक लगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
  • पुनर्निर्माणपछि बानेश्वर क्षेत्रको सुरक्षा सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने विश्वास प्रहरी प्रशासनले लिएको छ ।

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा जेनजी आन्दोलनका क्रममा आगजनी गरी क्षतिग्रस्त बनाइएको बानेश्वर प्रहरी वृत्तको भवन पुनर्निर्माण सम्पन्न भएपछि आज प्रहरीलाई हस्तान्तरण गरिएको छ । 

भवन मर्मत सम्भार तथा पुनर्स्थापना समितिले पुनर्निर्माणको काम पूरा गरी एक विशेष कार्यक्रमका बिच भवन बुझाएको हो ।

Baneshwor police building_NPL (3)

झन्डै १ करोड ५० लाख रुपैयाँको लागतमा भवनको मर्मत सम्भार र पुनर्स्थापना गरिएको समितिले जनाएको छ । पुनर्स्थापित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रतिनिधि सभा सदस्य रन्जु दर्शना, सुनिल केसी लगायत उच्च पदस्थ अधिकारी र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Baneshwor police building_NPL (8)

आन्दोलनका क्रममा आक्रोशित भिडले वृत्तको भौतिक संरचनामा ठुलो क्षति पुर्‍याएपछि सेवा प्रवाह र सुरक्षा व्यवस्थापनमा समस्या हुँदै आएको थियो । त्यसलगत्तै स्थानीय स्तरमा क्याप्टेन रमेश श्रेष्ठको संयोजकत्वमा भवन मर्मत सम्भार तथा पुनर्स्थापना समिति गठन गरी तीव्र गतिमा पुनर्निर्माणको काम अगाडि बढाइएको थियो ।

आधुनिक र सुविधासम्पन्न रूपमा पुनर्निर्माण गरिएको यो भवन हस्तान्तरण भएसँगै बानेश्वर क्षेत्रको सुरक्षा सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने विश्वास प्रहरी प्रशासनले लिएको छ । 

Baneshwor police building_NPL (1)Baneshwor police building_NPL (2)Baneshwor police building_NPL (4)Baneshwor police building_NPL (6)Baneshwor police building_NPL (7)Baneshwor police building_NPL (9)Baneshwor police building_NPL (10)

(तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप