प्रहरी बनाइदिन्छु भन्दै साढे ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ
बिहीबार, ०४ असार २०८३, २० : ५६
सुर्खेत । जाजरकोट प्रहरीले प्रहरी बनाइदिन्छु भन्दै ठगी गरेकाे आराेपमा एक जनालाई बिहीबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा छेडागाड नगरपालिका-१२ बस्ने वर्ष ३० वर्षीय धर्मराज चनारा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधीर कुमार खड्काका अनुसार चनाराले सविता पुनलाई प्रहरी बनाइदिन्छु भन्दै रकम ठगेका थिए।
सविताले आफूलाई प्रहरी बनाई दिन्छु भन्दै पटक पटक गरी ३ लाख ५० हजार ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्।
सोही जाहेरीका आधारमा छेडागाड नगरपालिका-१२ मा फेलापारी पक्राउ गरिएको खड्काले बताए।
बिहीबार पाँच दिनको म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि, एक समूहद्वारा बहिष्कारको तयारी
-
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
-
तीन मौसमी वायुको प्रभाव : आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
क्यानडाद्वारा कतार ६–० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिक
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण