बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा कोशी प्रदेश सभापतिमा राई निर्वाचित, पराजित भएपछि तामाङले गरिन् राजनीतिबाट सन्यासको घोषणा

बिहीबार, २८ जेठ २०८३, १६ : २१
बिहीबार, २८ जेठ २०८३

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काेशी प्रदेश सभापतिमा मोरङका चन्द्र राई विजयी भएका छन्। चार जना सरिन तामाङ, चन्द्र कुमार गाैली र खगेन्द्र कटुवाल प्रतिस्पर्धामा रहेका थिए ।

 ७०२ मत खसेका मा राईले २८०, तामाङले १४१, गाैलीले २७ र कटुवालले ४१ मत पाएका छन्। यसैबिच चुनावमा पराजयसँगै सरिन तामाङले राजनीतिबाट अलग हुने घोषणा गरेकी छिन्।

प्रदेश सभापतिमा चन्द्र राई विजयी भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘राजनीतिक बिट मारेको घोषणा गरेकी हुन्। उनले फेसबुकमा लेखेकी छिन्, आजबाट राजनीतिक बिट मारे। मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

कोशी प्रदेशको नेतृत्वका लागि भएको निर्वाचनमा कुल ७०२ मत खसेको थियो। निर्वाचन कमिटीले अन्तिम मतपरिणाम भने सार्वजनिक गरेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप