मन्त्रीको निवासमा छापा मारिएको विषयमा प्रहरीको प्रस्टीकरण
सारांश
- जिल्ला प्रहरी कार्यालय, मोरङले कोशी प्रदेशका मन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले छापा मारेको भन्ने समाचारको खण्डन गरेको छ।
- प्रहरीले एक फरार अभियुक्तको खोजतलास गर्ने क्रममा मन्त्रीको निवास रहेको क्षेत्रमा पुगेको र सोही कारण भ्रम सिर्जना भएको स्पष्ट पारेको छ।
- प्रहरीले आफ्नो नियमित प्रक्रिया अन्तर्गत अपराधीको खोजी गर्ने क्रममा उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको र मन्त्रीको निवासमा प्रवेश नगरेको जनाएको छ।
विराटनगर । जिल्ला प्रहरी कार्यालय, मोरङले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले छापा मारेको भनी विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारहरूको खण्डन गरेको छ।
जिल्ला प्रहरी कार्यालय, मोरङले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री पराजुलीको निवासमा प्रहरीद्वारा कुनै पनि किसिमको खानतलासी वा छापा नमारिएको स्पष्ट पारेको हो।
विज्ञप्तिमा उल्लेख भए अनुसार २०८३ असार ०१ गते पक्राउ पुर्जी जारी भई फरार रहेका एक प्रतिवादी विराटनगर महानगरपालिका स्थित पुष्पलाल चोक आसपासको क्षेत्रमा लुकीछिपी बसेको भन्ने विशेष सूचना प्रहरीलाई प्राप्त भएको थियो। सोही सूचनाका आधारमा फरार अभियुक्तको खोजतलासका लागि प्रहरी टोली उक्त क्षेत्रमा खटिएको थियो।
खोजी कार्यकै सिलसिलामा प्रहरी टोली पुष्पलाल चोक क्षेत्रमा पुगेको र सोही क्षेत्रमा मन्त्री पराजुलीको निवास समेत रहेका कारण भ्रम सिर्जना हुन गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) मकेन्द्र कुमार मिश्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सोही एरियामा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय इन्द्रमणि पराजुली ज्यूको निवास समेत रहेकोमा, माननीय मन्त्रीज्यूको निवासमा प्रहरीद्वारा खानतलासी नगरिएको/नभएको व्यहोरा सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिएको छ।’
प्रहरीले अपराधीको खोजी गर्ने आफ्नो नियमित प्रक्रिया अन्तर्गत उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको भन्दै मन्त्रीको निवासमा प्रहरी प्रवेश नगरेको स्पष्ट पारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूले औँल्याए कमजोरी नै कमजोरी
-
कार्यकारी निकायले अख्तियारलाई ‘निर्देशन’ दिन मिल्छ ?
-
कर्णालीमा एमालेले भन्यो– ‘मन्त्री नै आयोजक हुने, त्यसमा सरकारको लगानी हुने कुरा अलिकति स्वार्थ बाझिएको हो कि ?’
-
बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते
-
‘टोल टोलमा फिल्म महोत्सव’ सुरु
-
कागजातका आधारमा मात्र जाँचपास गरेको पुष्टि, रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण