एमालेको 'मिसन पार्टी जागरण २०८३' लुम्बिनीमा
सारांश
- एमालेले पार्टीलाई सबल, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न 'मिसन पार्टी जागरण २०८३' विशेष अभियान देशव्यापी रूपमा सुरु गरेको छ ।
- विराटनगरबाट सुरु भएको अभियानको क्रममा असार ५ गते लुम्बिनीमा केन्द्रीय प्रतिनिधिहरूको विशेष अभिमुखीकरण कार्यक्रम हुँदैछ ।
- यस अभियानले पार्टी सङ्गठनलाई चुस्त, गतिशील र प्रविधिमैत्री बनाउने लक्ष्य राखेको छ, जसमा युवा पुस्तालाई नेतृत्वमा विशेष प्राथमिकता दिइनेछ ।
काठमाडौं । पार्टीलाई सबल, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने रणनीतिक लक्ष्यका साथ एमालेले ‘मिसन पार्टी जागरण २०८३’ विशेष अभियान देशव्यापी रूपमा सुरु गरेको छ ।
असार ४ गते विराटनगरबाट अभियानको औपचारिक शुभारम्भ भएको उक्त कार्यक्रम अन्तर्गत असार ५ गते लुम्बिनीमा केन्द्रीय प्रतिनिधिहरूको विशेष अभिमुखीकरण (ओरियन्टेसन) कार्यक्रम गरेर हुँदैछ ।
वर्तमान राजनीतिक चुनौतीहरूको सामना गर्दै आम कार्यकर्तामा नयाँ ऊर्जा भर्न र जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्न राष्ट्रिय अभियान थालेको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।
उनका अनुसार पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’ लाई आत्मसात् गर्दै अभियान वडा र टोल सतहसम्मै उत्साहका साथ सञ्चालन गरिनेछ । अभियानका क्रममा एमालेले विगतमा अघि सारेको प्रख्यात '६–ज' को नीतिलाई भूइँतहसम्मै प्रभावकारी ढङ्गले लागू गर्ने रणनीति लिएको छ ।
१. जनतामा जाऔँ,
२. जनताका कुरा सुनौँ,
३. जनप्रिय बनौँ,
४. जनसंगठन परिचालन गरौँ,
५. जबज अध्ययन र आत्मसात् गरौँ, र
६. योग्य एवं सक्षम नेतृत्व तयार गरौँ भन्ने संकल्पहरू समेटिएका छन्।
अभियानलाई व्यवस्थित र परिणाममुखी बनाउन विभिन्न प्रदेश कमिटीहरूले केन्द्रीय प्रतिनिधिहरूको कार्यविभाजन र अभिमुखीकरण कार्यक्रमलाई तीव्रता दिइरहेको एमालेले जनाएको छ । हरेक पालिकाको वडा तहमा केन्द्रित हुने अभियानले पार्टी सङ्गठनलाई चुस्त, गतिशील र प्रविधिमैत्री बनाउने एमालेको लक्ष्य छ ।
विशेष गरी, यस पटक एमालेले नेतृत्वमा युवा पुस्तालाई विशेष प्राथमिकता दिँदै ३५ वर्षमुनिका युवालाई वडा कमिटी र ४० वर्षमुनिका युवालाई पालिका कमिटीको नेतृत्वमा अघि बढाउने आँटिलो र दूरगामी नीति अघि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन उद्घाटन अघिको माहोल, तस्बिरमा हेर्नुहोस्
-
चर्कियो ट्रम्प र इटालीकी प्रधानमन्त्रीको सामाजिक सञ्जालमै 'भिडन्त', के हो जी–७ को तस्बिर प्रकरण ?
-
एनसेल र ट्रिप टर्बोबीच साझेदारी : बस, जहाज र साहसिक पर्यटनमा भारी छुटको सुविधा
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण