शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

गाउँपालिकाको आफ्नै डोजर

शुक्रबार, ०५ असार २०८३, १४ : २०
शुक्रबार, ०५ असार २०८३

मुस्ताङ। हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित घरपझोङ गाउँपालिकाले स्काभेटर (जेसिबी) डोजर खरिद गरेको छ। हिउँद तथा बर्खायाममा हुनसक्ने मनसुनजन्य प्राकृतिक विपद्को व्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माणलगायतका कार्यमा उपयोग गर्ने गरी घरपझोङ गाउँपालिका डोजर खरिद गरेको हो।

चालु आर्थिक वर्ष २०८२÷०८३ को वार्षीक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले पैसठ्ठी लाख मुल्य बराबरको स्काभेटर उपकरण किनेको अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए।

गाउँपालिकासँग डोजरलगायतका उपकरण नहुँदा विपद् प्रतिकार्य तथा भौतिक निर्माणमा ठुलो खर्च हुने गरेकाले त्यस्ता कार्यमा उपकरण परिचालन गर्दा लाग्ने खर्च घटाउन डोजर किन्नु परेको अध्यक्ष लालचनले बताए।

बर्खायाममा नदी कटान तथा बाढी पहिरोका कारण भौतिक संरचना क्षति हुने गरेको र हिउँदयाममा हिमपातका कारण सडक अवरुद्ध हुने गरेकाले पालिकाले आफैले डोजर व्यवस्थापन गरेको जनाएको छ।

यसअघि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकालाई भारत सरकारले अनुदान सहयोगमा डोजर उपहार दिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप