फिफा विश्वकप २०२६
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
बिहीबार, ०४ असार २०८३, २२ : ५८
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत चेक रिपब्लिक विरुद्धको खेलमा पहेँलो कार्ड पाएपछि दक्षिण अफ्रिकी खेलाडी म्बाथा अर्को खेलका लागि निलम्बित भएका छन्।
- यो निलम्बनसँगै उनले आगामी बिहीबार दक्षिण कोरियाविरुद्ध हुने महत्त्वपूर्ण खेल गुमाउने निश्चित भएको छ ।
- यसअघि मेक्सिको विरुद्धको पहिलो खेलमा पनि पहेँलो कार्ड पाएका उनले आज लगातार दोस्रो खेलमा कार्ड पाएका हुन्।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत चेक रिपब्लिक विरुद्धको आजको खेलमा पहेँलो कार्ड पाएपछि दक्षिण अफ्रिकी खेलाडी थालेन्टे म्बाथा अर्को खेलका लागि निलम्बित भएका छन् । यो निलम्बनसँगै उनले आगामी बिहीबार दक्षिण कोरियाविरुद्ध हुने महत्त्वपूर्ण खेल गुमाउने निश्चित भएको हाे ।
यसअघि मेक्सिको विरुद्धको पहिलो खेलमा पनि पहेँलो कार्ड पाएका उनले आज लगातार दोस्रो खेलमा कार्ड पाएका हुन्। फिफाको नियम अनुसार समूह चरणका दुई वटा फरक खेलमा दुई पहेँलो कार्ड पाउने खेलाडी अर्को एक खेलका लागि स्वतः निलम्बित हुने प्रावधान रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण