पाकिस्तानले जित्यो त्रिदेशीय क्रिकेट सिरिज
सारांश
- पाकिस्तान क्रिकेट टोलीले त्रिदेशीय क्रिकेट सिरिजको उपाधि जितेको छ।
- फाइनलमा अफगानिस्तानलाई ७५ रनले हराउँदै पाकिस्तानले जित हासिल गरेको हो।
- मोहम्द नवाजले ५ विकेट लिए भने फकर जमानले २७ रन बनाए।
काठमाडौँ । पाकिस्तान क्रिकेट टोलीले त्रिदेशीय क्रिकेट सिरिजको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा अफगानिस्तानलाई ७५ रनले हराउँदै पाकिस्तानले सिरिज जितेको हो ।
सारजहा क्रिकेट स्टेडियममा पाकिस्तानले दिएको १४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १५ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ६६ रन बनायो ।
अफगानिस्तानका लागि करिम जन्नतले सर्वाधिक १७ रनको योगदान गरे । सिद्धिक्विल अतलले १३ रन बनाउन बाहेक अन्य कसैले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बालिङतर्फ पाकिस्तानका लागि मोहम्द नवाजले सर्वाधिक ५ विकेट लिए । त्यस्तै अबरार अहमद र सुफियान मुकिइमले दुई दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गसमाए १४१ बनाएको थियो ।
पाकिस्तानका लागि फकर जमानले सर्वाधिक २७ रन बनाए । त्यस्तै मोहम्द नवाजले २५ रन बनाउँदा सलमान अग्गाले २४ रन जोडे ।
अफगानिस्तानका लागि राशिद खानले ३ विकेट लिए । त्यस्तै फाजाहक फारुकी र नोर अहमदले दुई दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण