'नियोजित ढंगले आगजनी गर्नु जेनजी जस्तो प्रबुद्ध समूहको कार्य हो भनेर विश्वास गर्न सकिँदैन'
काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार देशभर भएको तोडफोड र निजी सम्पत्तिमाथिको नियोजित आक्रमण जेनजी जस्तो प्रबुद्ध समूहको कार्य हो भनी विश्वास गर्न नसकिने बताएका छन ्।
मंगलबार राति सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्री भट्टराईले लेखेका छन् - देशको विधिविधान केन्द्र संसद, प्रशासनिक केन्द्र सिंहदरबार, बहुदलीय लोकतन्त्रका खम्बा मानिने सबै राजनीतिक दलका कार्यालय, सबै प्रमुख दलका नेता र पूर्व प्रमहरूको निजी निवास, राष्ट्रिय मिडिया कार्यालय लगायत सार्वजनिक र निजी सम्पतिमाथि नियोजित ढंगले आगजनी गर्नु जेनजी जस्तो प्रबुद्ध समुहको कार्य हो भनेर विश्वास गर्न सकिन्न।
साथै उनले राजनीतिक आन्दोलन वा क्रान्तिको क्रममा सांकेतिक रूपमा प्रमुख स्थानहरू क्षणिक रुपमा कब्जामा लिएर आफ्नो झण्डा फहराउने काम हुन सक्ने भए पनि यसरी योजन्बद्ध ढंगले आगजनी गर्ने र व्यक्तिमाथि सांघातिक आक्रमण गर्ने कार्य जेनजीले नगर्ने लेखेका छन् ।
यसबारे आन्दोलनकारी स्वयंले छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्नु उपयुक्त हुने पनि उनले सुझाव दिएका छन् । अन्यथा यस्ता गतिविधिले आन्दोलनलाई दीर्घकालीन रूपमा ठुलो नोक्सान गर्न सक्ने पनि उनले चेतावनी दिएका छन् ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण