सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

बुधबार, २५ भदौ २०८२, ०६ : ११
बुधबार, २५ भदौ २०८२

सारांश

  • आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल भाद्र २५ गतेको बार, तिथि, नक्षत्र र योग उल्लेख गरिएको छ।
  • मेष देखि मीन राशि सम्मको राशिफलमा आर्थिक अवस्था, स्वास्थ्य, प्रेम सम्बन्ध, र शैक्षिक गतिविधिका बारेमा जानकारी दिइएको छ।
  • शुभ कार्यका लागि लाभ बेला र अमृत बेलाको समय हेर्न र राहुकालमा कुनै पनि शुभ कार्य नगर्न सुझाव दिइएको छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल भाद्र २५ गते । बुधबार । ईश्वी सन् २०२५ सेप्टेम्बर १० तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । आश्विन कृष्णपक्ष । तिथि–तृतीया, ३१ घडी १६ पला, बेलुकी ६ बजेर १७ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–रेवती, ३४ घडी ३७ पला, बेलुकी ७ बजेर ३८ मिनेट उप्रान्त अश्विनी । योग– वृद्धि, ४८ घडी ४ पला, रातको १ बजेर १ मिनेट उप्रान्त ध्रुव । करण–वणिज, बिहान ७ बजेर ३७ मिनेट उप्रान्त भद्रा, बेलुकी ६ बजेर १७ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–मीन, बेलुकी ७ बजेर ३८ मिनेट उप्रान्त मेष । तृतीया श्राद्ध ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४७ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १२ मिनेट । दिनमान ३१ घडी ५ पला ।  

आजको बार बेला ।  

  • बिहान ५ बजेर ४७ मिनेटसम्म लाभ बेला ।
  • बिहान ५ बजेर ४७ मिनेटदेखि बिहान ७ बजेर २० मिनेटसम्म अमृत बेला ।
  • बिहान ७ बजेर २१ मिनेटदेखि बिहान ८ बजेर ५३ मिनेटसम्म काल बेला ।
  • बिहान ८ बजेर ५४ मिनेटदेखि बिहान १० बजेर २७ मिनेटसम्म शुभ बेला ।
  • बिहान १० बजेर २८ मिनेटदेखि बिहान १२ बजेर ० मिनेटसम्म रोग बेला ।
  • मध्यान्ह १२ बजेर १ मिनेटदेखि दिउसो १ बजेर ३३ मिनेटसम्म उद्वेग बेला ।
  • दिउसो १ बजेर ३५ मिनेटदेखि दिउसो ३ बजेर ६ मिनेटसम्म चर बेला ।
  • दिउसो ३ बजेर ८ मिनेटदेखि बेलुकी ४ बजेर ४० मिनेटसम्म लाभ बेला ।
  • बेलुकी ४ बजेर ४१ मिनेटदेखि बेलुकी ७ बजेर ४० मिनेटसम्म उद्वेग बेला ।

नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

मध्यान्ह ११ बजेर ५९ मिनेटदेखि दिउसो ३ बजेर ३३ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहुर्त

बिहान ४ बजेर ११ मिनेटदेखि बिहान ४ बजेर ४९ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आम्दानी भन्दा खर्च बढ्नाले आर्थिक अवस्था तथा दैनिकी प्रभावित हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । नियम सङ्गत काम नगर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । तपाईँको व्यवहारले माया प्रेममा अविश्वास बढ्नेछ । लामो दुरीको विदेश यात्रा स्थगित हुनेछ । तर पनि विदेशमा बसेर काम गर्नेहरूका लागी समय फलदायी रहनेछ ।
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्न सके आम्दानी हुनेछ । पैतृक सम्पत्तिको प्रयोग तथा परिचालन गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरूको  सल्लाह लिँदै अगाडी बढ्नुहोला । प्रेमको डोरो कसिलो भएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार तथा उद्योगबाट सन्तोषजनक आम्दानी हुनेछ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरू केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । सामाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान,इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ ।
  • कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समाज तथा समुदायको हितमा काम गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । खोजीमूलक क्षेत्रमा लगानी बढाउँदा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । अध्ययनमा बाधा हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा समय लगानी गरी अरूको सेवा गर्ने अवसर जुर्नेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यवसायमा लगानी गरे पनि समयमा प्रतिफल प्राप्त नहुँदा आर्थिक सङ्कटको सामना गर्नुपर्ला । आम्दानीको तुलनामा खर्च धेरै हुनाले दैनिकी प्रभावित हुनेछ । नचाहँदा नचाहँदै तपाईँको बोलिले अरूको मन दुख्नेछ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घटनाहरू घट्न सक्छ । पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो नतिजा आउने छैन । मनमा एक किसिमको निराशापनको विकास हुने योग रहेको छ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) घरायसी सेवा सुविधाको उपयोग गरी अगाडी बढ्न सकिनेछ । आफन्त तथा साथीभाइको सहयोग पाइने योग रहेको छ । व्यापारमा थोरै भए पनि आम्दानी गरी आर्थिक अवस्था सुदृढ बनाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने विपरीत लिङ्गको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रविधिको प्रयोग गरी काम वा अध्ययनलाई सहज बनाउन सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा प्रविधिको प्रयोग गर्न सकिनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धी समस्या झेल्नेहरूले मुक्ति पाउने समय रहेको छ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखी रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाइनेछ । खाद्यान्न तथा दैनिक उपभोग्य सामानको व्यापारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  वंश वृद्धिको योग रहेको छ भने आफन्त तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा समय लगानी गरी ज्ञान आर्जन गर्न सकिनेछ । मन परेको मानिससँग भावना साटासाट गर्न पाउँदा मन प्रसन्न हुनेछ । कष्टकर यात्रा नहोला भन्न सकिन्न । खाद्यान्न तथा दैनिक उपभोग्य सामानको व्यापारबाट लाभ लिन सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा साथीभाइहरूले काममा बाधा तथा अवरोध गर्नेछन् । पढाइ लेखाइ सुस्त गतिमा अगाडी बढ्नेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाब सिर्जना हुनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । कृषि तथा पशु चौपायाको व्यवसाय फस्टाएर जानेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मेडिकल सामाग्री, खाद्यान्न तथा दैनिक उपभोग्य सामानको व्यापारबाट लाभ हुनेछ ।  विवादित विषयहरू हल भएर जानेछन् । अध्ययन अध्यापनमा प्रविधिको प्रयोग गर्न सकिनेछ । माया प्रेममा नजिक भई कुराकानी गर्न सकिनछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कार्यक्षेत्रमा तपाईँको बोलीको प्रभावले महत्त्वपूर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । नातागोताको सहयोगले सुरु गरेको कामहरू स्वतः स्फूर्त रूपमा अगाडी बढ्नेछन् । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । अध्ययनमा प्रविधिको प्रयोग गर्न सकिनेछ । विदेशमा बसेर काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ प्रविधिको प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । विद्यार्थी वर्गहरूले प्रविधिको सहयोग लिनुपर्नेछ ।सुन्दर तथा विलासिताका सर सामान प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । लामो समय देखी बिछोड भएका मित्रहरूसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप