शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

आइतबारसम्मका लागि सेयर बजार बन्द

बुधबार, २५ भदौ २०८२, ०९ : १४
बुधबार, २५ भदौ २०८२

काठमाडौँ । सेयर बजार आइतबारसम्म बन्द हुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

विषम परिस्थितिमा लगानीकर्ताबिच माग भई आएकोले बुधबार र बिहीबारका लागि बजार बन्द गर्ने निर्णय भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । 

शुक्रबार र शनिबार भने नेप्सेको कारोबार नियमित रूपमै बन्द रहनेछ । सोही कारण बजारमा सो दिनपछि मात्रै कारोबार सुरु हुनेछ । मंगलबार समेत बजारमा कारोबार भएको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप