मेस्सीको निर्देशनमा टोली चलिरहेको छैन : साम्पाओली
एजेन्सी । शनिबार फ्रान्सविरुद्धको महत्वपूर्ण खेलअघि अर्जेन्टिनाको राष्ट्रिय टोलीका प्रशिक्षक जर्ज साम्पाओलीले लियोनेल मेस्सीको निर्देशनमा टोली छनौट र रणनीति तय नभएको बताएका छन् ।
समूह चरणमा नाइजेरियाबिरुद्धको निर्णायक खेलमा साम्पाओलीले कथित रुपमा मेस्सीलाई मैदानमा सर्जियो अगुएरोलाई प्रवेश गराउने वा नगराउने भनेर सोधेका थिए । भिडियो फुटेजमा साम्पाओली र मेस्सीबीच
मैदानको छेउामा भएको संवादपछि साम्पाओलीले अगुएरोलाई मैदानमा प्रवेश गराएका थिए ।
जित्नै पर्ने दबाब रहेको सो खेलमा अर्जेन्टिना २–१ ले विजयी बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो ।
यद्यपि, साम्पाओलीले उक्त संवादलाई जसरी प्रस्तुत गरिएको छ, त्यसमा कुनै सत्यता नभएको दाबी गरे ।
कजानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै साम्पाओलीले भने, ‘हामीले सो महत्वपूर्ण खेलका लागि विभिन्न विकल्प छान्यौँ र निर्णय गर्यौँ । मैले केवल अब हामीले थप आक्रामक खेलाडीहरु पठाएर हामी पूर्ववत अभ्यास गरेको रणनीति लागू गर्न लागेँ भनेर सूचना मात्र दिएको थिएँ ।’
उनले एक खेलाडी र प्रशिक्षकबीच भएको सामान्य छलफल मात्र थियो ।
आइसल्याण्डसँग १–१ को बराबरी र क्रोएसियासँगको ३–० को हारपछि खेलाडी र प्रशिक्षकबीच तनावको स्थिति सृजना भएको खबरहरु बाहिर आएका थिए । जसमा अब प्रशिक्षक साम्पाओलीले खेलाडी छनौट गर्दा र रणनीति तय गर्दा मेस्सी र ह्याभियर मास्चेरानो जस्ता सिनियर खेलाडीसँग छलफल गर्नुपर्ने उल्लेख गरिएको थियो ।
खेलको दौरानको उक्त भिडियो फुटेजले यो खबरलाई थप बल पुर्याएको थियो ।
हेर्नुहोस् भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेठ २५ देखि ‘ऊनको स्विटर’ छायांकनमा
-
सरकारी ऋणपत्र रोक्काको पत्र उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन
-
सहकारी काण्डले अध्यादेशउन्मुख हुँदैछ बजेट ?
-
विदेशी कामदारका लागि नयाँ कोटामा रोक कायमै राख्ने मलेसियाको निर्णय
-
तीन महिनापछि खुल्यो हाइटीको मुख्य विमानस्थल
-
कार्यदल बैठक : संसदीय छानबिन समितिको ‘टीओआर’मा सहमति