मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

घाइते मार्सेलो, कारण भने अनौठो

शनिबार, १६ असार २०७५, ०९ : १६
शनिबार, १६ असार २०७५

एजेन्सी । सर्बियाविरुद्धको खेलमा घाइते हुँदै मैदान छाड्न बाध्य बनेका ब्राजिलका स्टार खेलाडी मार्सेलो घाइते हुनुको टिम डाक्टरहरुले अनौठो कारण प्रस्तुत गरेका छन् ।

रियल म्याड्रिडका लेफ्ट ब्याक समेत रहेका मार्सेलोको ढाडमा समस्या देखिए पछि उनलाई खेल शुरु भएको १० मिनेटमा नै सब्सिटिच्युड गरिएको थियो ।

यसबारे कारण प्रस्तुत गर्दै डाक्टरहरुले होटलको डसनाका कारण मार्सेलोको ढाडमा समस्या देखिएको बताए ।

डा. रोड्रिगो लास्मारले खेलपछि ३० वर्षीय खेलाडी मेक्सिकोविरुद्ध हुने सोमबारको अन्तिम १६ को खेलअघि नै मार्सेलो फिट हुने आशा व्यक्त गरे । यद्यपि, उनी सुत्ने तरिका र खाटको डसनाको मूल्यांकन गरिने बताए ।

‘के कारणले समस्या देखियो भन्न अहिले नै चाँडो होला,’ उनले भने, ‘तर, यो होटलको म्याट्रेसको कारणले भएको हुनसक्छ ।’

गत फेब्रुअरीमा ह्यामस्ट्रिङको चोटका कारण मार्सेलोले रियलका तीन खेल गुमाएका थिए । तर, त्यसबाहेक मार्सेलो पछिल्लो केही वर्ष चोटमुक्त नै रहँदै आएका छन् ।

गम्भिर चोट नदेखिए उनलाई मेक्सिकोविरुद्धको खेलका लागि तयार गर्ने गरी उपचार गरिने डाक्टर लास्मारले जानकारी दिए ।

‘त्यो मसल स्पाजम थियो । उनले आराम महसुस गरेपछि उनी प्रशिक्षणमा फर्कने छन् । यसमा यति समयमा उनी ठीन हुनेछन् भन्ने कुनै नियम छैन,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप