जेनजी आन्दोलनका फरार कर्तव्य ज्यानका दुई कैदीबन्दी पक्राउ
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जेनजी आन्दोलन’ का बेला कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाका दुई जना कैदीलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा एक नाबालक र एक वयस्क रहेका छन् ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार बाँकेको नेपालगञ्जस्थित हिर्मुनियामा रहेको बालसुधार गृहबाट बुधबार फरार भएका रुकुम पश्चिम आठबिसकोट नगरपालिका–३ गोटामकोटका १७ वर्षीय मनिष बिष्टलाई प्रहरीले बिहीबार पक्राउ गरिएको छ ।
कर्तव्य ज्यान मुद्दाका आरोपित बिष्टलाई अहिले जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखिएको छ । त्यसैगरी, काठमाडौँको डिल्लीबजार कारागार कार्यालयबाट भागेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ बामेखोलाका ३१ वर्षीय गणेश नेपाली पनि सुर्खेतबाटै पक्राउ परेका छन् ।
प्रहरी नायव निरीक्षक किशोर खत्रीको नेतृत्वमा खटिएको टोलीले उनलाई बिहीबार अपरान्ह ४ बजेतिर वीरेन्द्रनगर–६, चाइनापुल नजिकबाट नियन्त्रणमा लिएको छ ।
कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका नेपालीलाई कारबाहीका लागि कारागार कार्यालय सुर्खेत पठाइएको प्रहरी नायव उपरीक्षक बुढ्थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण