जेनजी आन्दोलनमा मृत्यु भएका १० जनाको शवयात्राको तयारी (तस्बिरहरु)
सारांश
- जेनजी आन्दोलनमा ज्यान गुमाएका १० जनाको आज अन्त्येष्टि गर्ने तयारी छ।
- अन्त्येष्टिअघि शव गाडीमा राखेर नगर परिक्रमा गराइने तयारी छ, सरकारले राष्ट्रिय सम्मान दिने भएको छ।
- सरकारले मृतक परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ।
काठमाडौँ । जेनजी आन्दोलनमा ज्यान गुमाएका १० जनाको आज अन्त्येष्टि गर्ने तयारी भएको छ । त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ जनागरी १० मृतकको आज अन्त्येष्टि गर्न लागिएको हो ।
अन्त्येष्टिअघि शव गाडीमा राखेर नगर परिक्रमा गराइने तयारी भएको मृतकका एक आफन्तले बताए । यसअघि नै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका केही मृतकको दाहसंस्कार भइसकेको छ । थप १० जनाको चाहिँ आज हुन लागेको हो।
सरकारले मृतकहरूको राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । नवनियुक्त गृह, कानुन न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गर्दै प्रदर्शनका क्रममा निधन भएकाहरूलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुने बताएका थिए ।
_owNJZXZFsu.jpg)
सोहीअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृत्यु हुनेको परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ ।
_3gd3UhOq7j.jpg)
यसका लागि अर्थ मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन मार्फत मृतक परिवारलाई रकम हस्तान्तरण गर्ने बताइएको छ । जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको छ ।
_H20yQaGSh0.jpg)
_6rY90u2VDN.jpg)
_J1KnGwhvas.jpg)
_TJLStNhuuK.jpg)
_v8E7RBcJJf.jpg)
_YLmdsjh2hb.jpg)
_mwJypxu2KW.jpg)
_ToqlI11qla.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण