मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

गुडबाई ‘गोट’ !

आइतबार, १७ असार २०७५, ०९ : ४४
आइतबार, १७ असार २०७५

एजेन्सी । जी.ओ.ए.टी–‘गोट’ अर्थात् ग्रेटेस्ट अफ अल टाइम । यस उपाधिका दुई हकदार क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी दुवैको सन् २०१८ को विश्वकपबाट दुःखद बिदाई भएको छ ।

दुवै जनाको टोलीले एकै दिन अन्तिम १६ मा हार बेहोर्दै विश्वकपबाट बाहिरएका छन् ।

यदी अर्जेन्टिना र पोर्चुगलले फ्रान्स र उरुग्वेबिरुद्ध जीत हासिल गरेको भए, दुवै टोली क्वाटर फाइनलमा भिड्ने थिए । जसको अर्थ, मेस्सी र रोनाल्डो पहिलो पटक विश्वकपमा भिड्ने थिए ।

तर, कायलिन एमबापेको दुईको गोलको मद्दतले फ्रान्सले सातको थ्रिरलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलअन्तरले पराजित गर्यो ।

योसँगै विश्वकपको नकआउट चरणमा गोल गर्नबाट मेस्सी पुनः एक पटक असफल भएका छन् ।

उता, अर्जेन्टिना बाहिरिएपछि रोनाल्डोले ‘गोट’ को उपाधिमा दाबी प्रस्तुत गर्ने अवसर थियो तर मेस्सी जस्तै उरुग्वेसँग २–१ को हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिए ।

योसँगै विश्वकप जित्ने मेस्सी र रोनाल्डोको सपना पुनः एकपटक चकनाचुर भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप