मुख्यमन्त्री कँडेलले भने, ‘जेनजीलाई देखाएर व्यवस्था मासिँदैछ, सचेत बनौँ’
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलन कुनै एक पार्टी वा नेताविरुद्ध मात्र नभई सिङ्गो देश र व्यवस्थाविरुद्ध भएको बताएका छन् ।
एमाले सुर्खेतद्वारा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलन र त्यसयता विकसित भएका घटनाक्रमले त्यो पुष्टि गरेको बताए ।
कँडेलले अझै पनि जेनजी आन्दोलन कांग्रेस–एमाले गठबन्धनको सरकारविरुद्ध थियो भनेर बुझ्न थालियो भने धेरै उपलब्धि गुम्दै जाने बताए ।
‘दलका कार्यालय, सरकारी कार्यालय, नेताका घरमात्र जलेनन्, संविधानका धारा पनि मिचिए, अब पनि हामी होसियार नबन्ने हो भने संविधान त के मुलुकको अस्तित्व नै सङ्कटमा पर्दै जानेछ,’ उनले भने, ‘पार्टी कमिटी, पार्टी सदस्यलाई मुलुकमा उत्पन्न परिस्थितिबारे बुझाऔँ, इस्यु मिल्ने अन्य दलसँग पनि छलफल गरेर साझा धारणा बनाऔँ, नत्र अझै क्षति भोग्नुपर्ने अवस्था पनि आउन सक्छ ।’
एमाले स्थायी कमिटी सदस्य समेत रहेका कँडेलले आन्दोलन अघि यो त सरकारविरुद्धको प्रदर्शन हो भनेर केही दल र केही नेता चुप लाग्दा प्रतिगामी तत्त्वले तिनीहरूलाई समेत नछोडेको दृष्टान्त प्रस्तुत गरे ।
‘२०७२ को संविधान अर्धमुर्छित अवस्थामा पुगिसकेको छ, सामान्य अवस्थामा हुन्थ्यो भने अदालतले ब्युँझाउन सक्थ्यो, तर आज अदालतले के गर्छ भन्न सकिने अवस्था छैन’ उनले थपे, ‘बरु हामी आफ्ना कमी–कमजोरी सच्याउनतर्फ ध्यान दिऔँ, जनविश्वास जित्न आआफ्नो ठाउँबाट राम्रो काम गरौँ, कमजोरीको सम्बन्धित पार्टी कमिटीमा आत्मसमीक्षा गरौँ, त्यसले पार्टी पनि बन्छ र व्यवस्था जोगाउन हौसला मिल्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्भारेजका लागि रियलको १५० मिलियन युरोको प्रस्ताव एट्लेटिकोद्वारा अस्वीकार, सामाजिक सञ्जालमा उडायो खिल्ली
-
रास्वपा बागमतीको सभापतिमा ४ जनाको उम्मेदवारी कायम, सांसद भण्डारी बाहिरिए
-
कश्मीरको हिंसात्मक झडपमा मर्नेहरूको संख्या ३० नाघ्यो
-
२१ वर्षपछि बंगलादेशसँग अस्ट्रेलियाको ऐतिहासिक हार
-
अध्यागमन नीतिको मारमा विश्वकप: ट्रम्पसामु लाचार फिफा
-
अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको जवाफी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण