डिजिटल पाइरेसी रोक्न फोपी एप, डाउनलोड गरिएका सामग्री कपी गर्न नमिल्ने
आइतबार, १७ असार २०७५, १२ : ००

काठमाडौं । डिजिटल पाइरेसीलाई अन्त्य गर्ने उद्देश्यले फोपी एप आउने भएको छ । फोपी एप यही असार १८ गते सार्वजनिक हुँदै छ । यो एप नेपाली कला बजारलाई डिजिटल पाइरेसीबाट जोगाउन कोशेढुंगा सावित हुने विश्वास लिइएको छ ।
चलचित्र, गीत, सिरिज, पोडकास्ट तथा अरु सामग्री बनाउने सबैलाई लाभ हुने गरी यो एपले एउटा ठूलो समस्या नियन्त्रण गर्न सक्नेछ । यो एपमार्फत उपभोक्ताले आफ्नो रुचिअनुसारका सामग्री सजिलै आफ्नो मोबाइलमा हेर्न सक्नेछन् ।
फोपी टिमले यो एपभित्र डाउनलोड गरिएका सामग्री कुनै पनि हालतमा अरु ठाउँमा सार्न र कपी गर्न नमिल्ने प्रविधि प्रयोग गरेको जनाएको छ । फोपी एप, अहिले प्लेस्टोरबाट मात्र सजिलै डाउनलोड गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी